Comments Add Comment

मनकामना केबुलकार २ दिन बन्द हुने

cable-car२१ पुस, काठमाडौं । मनकामनामा सञ्चालित केबुलकार सेवा दुई दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि सेवा बन्द गर्न लागिएको केबुलकार सञ्चालक मनकामना दर्शन प्रा.लिले जनाएको छ ।

मनकामना दर्शन प्रा.लि.ले सार्वजनिक सूचना जारी गर्दै मर्मत सम्भारका लागि पुस २३ र २४ गते केबुलकार बन्द गर्न लागिएको जानकारी दिएको छ ।

केबुलकार बन्द भएपनि बटम स्टेशनमा रहेको रेस्टुरेन्ट भने सञ्चालन हुनेछ ।

मर्मत सकेपछि आगामी पुस २५ गते शुक्रबारदेखि भने केबुलकारको नियमित सेवा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment