Comments Add Comment

बर्षाका लागि चोली ल्याउछु भन्ने को ?(भिडियो)

barsa-and-puspa
नेपाली गायन क्षेत्रमा मनोज महत्तो नयाँ एल्बमका साथ आएका छन् । उनले ‘मिश्रण’ एल्बम सार्वजनिक गरेका हुन् । मनोजले आफू सानैदेखि गायन पेशामा रुची भएकाले पनि आएको बताए । उनी केही नेपाली चलचित्रका गीतमा समेत आवाज दिइसकेका छन् ।

उनै मनोजले सार्वजनिक गरेको ‘मिश्रण’ एल्बमको ‘चोली ल्याउँछु’ बोलको गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ । साजन शाहको संगीत रहेको यो गीतमा साजन शाह र लेखुी सहयात्रीले शब्द कोरेका छन् । manoj-mahat

यो गीतको म्यूजिक भिडियोमा बर्षा रावत र पुष्प खड्काले मोडलिङ गरेका छन् । मनोजको स्वरलाई पनि छोटो समयमा नै रुचाइएको छ । सहेन्द्र श्रेष्ठले निर्देशन गरेको म्यूजिक भिडियोमा हरी हुमागाँइको छायांकन, प्रकाश तुलाधरको सम्पादन छ ।

गायक महत्तोले ‘नक्कली रैछौ’ बोलको म्यूजिक भिडियो पनि सार्वजनिक गरेका छन् । यो गीतको भिडियोलाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । भिडियोले अहिले चर्चा पाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment