Comments Add Comment

हराएको परेवा धुइँपत्ताल खोज्दै प्रहरी

parebwa
हराएको परेवा भेटाएर बुझाउनेलाई १२ लाख रुपैयाँ भन्दा बढि इनाम दिने घोषणा गरिएको छ । जाबो एउटा परेवाको लागि किन त्यत्रो रकम तोकियो होला ? गाउँघरतिर ५-७ सय रुपैयाँमा एक जोडी पाइने परेवाको एउटा भाले भेटाउनेलाई १२ लाख ? कतै सुनको परेवा त होइन ? झ्वाट्ट सुन्दा जो कोहीलाई पनि आश्चर्य र अविश्वास लाग्नु स्वभाविकै हो ।

तर अविस्वास गर्नुपर्ने कारण छैन । जर्मनीमा अहिले एउटा परेवा हराएपछि त्यसले हंगामा मच्चाएको छ, प्रहरीको निद्रा खल्बलिएको छ । परेवा खोज्न प्रहरी परिचालन भएको छ र भेट्टाउनेलाई १० हजार युरो पुरस्कार दिने घोषणा गरिएको छ ।

डुसेलडर्फ सहरको एक पंक्षीशालामा रहेको भाले परेवा गएको शनिवार राति चोरले चोरेर लगेपछि खैलाबैला मच्चिएको हो । ए एस ९६९ नामको ६ वर्षीय उक्त परेवा हल्का खैरो रंगको थियो । उक्त भाले परेवा निकै सुन्दर र हृष्टपुष्ट थियो । पंक्षीशालाकै सबैभन्दा सुन्दर चराको रुपमा रहेको उक्त परेवाका मालिकले परेवाको मूल्य डेढ लाख युरो तोकेका थिए । निकै मूल्यवान चरा हराएको भन्दै परेवाधनीले उजुरी गरेपछि प्रहरीले परेवाको खोजी सुरु गरेको छ ।

त्यो सुन्दर परेवालाई चराका पारखीले नै चोरेको अनुमान गरिएको छ । परेवाधनीले आफ्नो परेवा भेट्टाएर फिर्ता दिनेलाई १० हजार युरो पुरस्कार दिने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment