Comments Add Comment

सुदूरपश्चिमलाई खण्डित नगर्न माग

२३ पुस, धनगढी । अखण्ड सुदूरपश्चिम एकता समाज जनआन्दोलन परिचालन समितिले राज्य पुनःसंरचना गर्ने नाममा सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लालाई खण्डित गरी अन्यत्र जोड्ने प्रयास नगर्न चेतावनी दिएको छ ।

समाजका संयोजक गोपाल देउवाले प्रेस विज्ञप्ति जारी गरी सुदूरपश्चिमको कुनै पनि भूगोल अन्यत्र जोड्ने दुष्प्रयास गरिएमा भयावह परिस्थिति उत्पन्न हुने र त्यसको जिम्मा सम्बन्धित पक्षले लिनुपर्ने चेतावनी दिएका हुन् ।

‘राज्य पुनःसंरचनाका सन्दर्भमा विगतमा सरकारसँग भएका सहमतिको दलहरुलाई स्मरण गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

सुदूरपश्चिमका तराईका यी दुई जिल्ला कैलाली र कञ्चनपुरलाई पूरै वा आंशिकरुपमा अलग राज्यमा गाभ्ने दुष्प्रयास गरिएमा त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment