Comments Add Comment

अखण्ड सुदूरपश्चिम राप्रपा नेपालमा विलय, नायिका शिवाङ्गीनीको पार्टी प्रवेश

Kamal-thapa

२३ पुस, काठमाडौं । पुश्करराज जोशी (लख्खाभाई) नेतृत्वको अखण्ड सुदू पश्चिम पार्टी राप्रपा नेपालमा विलय भएको छ ।

नायिका शिवाङ्गीनी राणा र चुरेभावर पार्टीका केन्द्रीय सदस्य रमेश कुमार नीरौला पनि राप्रपा नेपालमा प्रवेश गरेकी छिन् ।

बुधबार भएको कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले अखण्ड सुदूरपश्चिम पार्टीको एकता घोषणा गरेका हुन् । उनले नव प्रवेशीहरुलाई पार्टीमा सम्मानजनक भुमिका दिने आश्वासन दिए ।

थापाले दिल्लीमा भएको बाह्रबुँदे सम्झौता समस्याको कारक भएको बताए । माघ ८ मा संविधान बन्ने सम्भावना समाप्त हुँदै गएको भन्दै उनले बनिहाले दुई चार जना नेताको हुकुमीशैलीमा बन्ने र त्यस्तो संविधान सर्वस्वीकार्य नहुने दावी गरे ।

राप्रपा नेपाल प्रवेश गरेका लख्खाभाईले राप्रपा नेपाललाई राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न आफुहरुले प्रभावकारी भुमिका खेल्ने बताए ।

नायिका शिवाङ्गीनी पार्टीको नीति र नेतृत्वबाट प्रभावित भएर राप्रपा नेपाललमा आवद्ध भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment