Comments Add Comment

फ्रान्समा पत्रिकाको कार्यालयमा आक्रमण, पत्रकारसहित १२ को मृत्यु

france-shooting

२३ पुस, काठमाडौं । फ्रान्सेली व्यंग्य पत्रिका ‘चार्ली हेब्डो’ को कार्यालयमा बन्धुकधारीले गरेको आक्रमणमा १० पत्रकारसहित १२ जनाको मृत्यु भएको छ ।

पेरिसस्थित कार्यालयमा कम्तिमा दुई बन्दुकधारीले आक्रमण गरेका हुन् । आक्रमणमा परी चार काटुर्निस्टसहित १० पत्रकार मारिएका छन् । दुई सुरक्षाकर्मीको पनि ज्यान गएको छ ।

आक्रमणमा परी १० जना घाइते भएका छन् । आक्रमणकारी अल्लाहो अकबर र हामीले पैगम्बरको बदला लियौं भन्दै भागेका थिए । उनीहरु कालो रंगको कारमा भागेका हुन् ।

घटनास्थल पुगेका फोन्सेली राष्ट्रपति फ्रान्स्वा ओलन्दले घटनालाई आतंकी आक्रमण भनेका छन् । चरमपन्थीहरुले कायरतापूर्ण ढंगबाट पत्रकारहरुकेा हत्या गरेको उनले बताएको बीबीसीले जनाएको छ ।

घटनापछि पेरिसमा हाई अलर्ट घोषणा गरिएको छ । आक्रमणकारीको खोजी जारी छ ।

यो व्यंग्य पत्रिका बेलाबेला विवादमा पर्दै आएको छ । हालै मात्र इस्लामिक स्टेटको प्रमुख अबू बक्र अल बग्दादीबारे एक कार्टुन छापिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment