Comments Add Comment

बाबुरामको प्रश्नः माघ ८ ज्योतिषीले हेराएको दिन हो ?

२३ पुस, काठमाडौं । संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका सभापति तथा एमाओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराईले अहिले माघ ८ मा संविधान नआए प्रलय नै हुनेजसरी आतंक फैलाउन खोजिएको बताएका छन् ।

मुष्ट्रिय मुस्लिम आयोगले बुधबार गरेको कार्यक्रममा भट्टराईले भने-‘अहिले यस्तो हौवा, हाउगुजी तयार भइरहेको छ कि माघ ८ मा प्रलय नै हुँदैछ ।’

Baburam-bhattrai-at-Muslim-Program

एक ज्योतिषीले फलानो दिनमा ठूलो भूकम्प जान्छ, प्रलय हुन्छ भनेको भरमा सबै मानिसहरु घरबाहिर चौरमा बसेको बाल्यकालको स्मरण सुनाउँदै उनले भने-‘अहिले माघ ८ मा त्यस्तै ठूलो प्रलय हुन्छ भनेजसरी आतंक मच्चाईंदै छ ।’

कांग्रेस र एमाले दोस्रो संविधानसभाको निर्वाचनमा विविध कारणले ठूलो शक्ति भएको भन्दै उनले उनीहरुमा दम्भ र अहंकार रहेको बताए । उनले भने–‘संख्याको बलमा जे पनि मिचेर जान सकिन्छ, जे पनि थोपर्दिन सकिन्छ, जनताले मान्छ भन्ने ढंगले अगाडि आइरहेका छन् । त्यसले गर्दा तपाईं-हामीले लडेर ल्याएका हक-अधिकार गम्भीर संकटमा पर्ने खतरा छ ।’

सबैथोक छोडेर एक थान खोस्टो भए पनि चाहियो भन्नेहरु पनि रहेको भन्दै उनले आफूहरुलाई कागजको खोस्टो नभक्ष् हक-अधिकार सुनिश्चित हुने संविधान चाहिएको बताए । माघ ८ मा संविधान जारी नहुँदा संविधानसभा विघटन नहुनेभन्दै उनले भने-‘माघ ८ किन ? माघ ७ मै किन नल्याउने ? कुनै ज्योतिषीले हेराएको दिन हो माघ ८ ? केही गरी भ्याइएन भने ९ गते विहान हुनसक्छ ।’

आगामी केही हप्ता निकै चुनौतिपूर्ण रहेको भन्दै भट्टराईले भने – ‘सबैका हक-अधिकार सुनिश्चित हुने अग्रगामी संविधान बनाउने हाम्रो प्रतिवद्धता हो तर मैले दुःखका साथ भन्नै पर्छ केही समयदेखि यताका लक्षणहरु त्यति सुखद छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment