+
+
Shares

डेढ रुपैयाँले घट्यो अमेरिकी डलरको भाउ

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २५ गते ११:५०

dollar२५ पुस काठमाडौं । बिहीबार र शुक्रबार दुई दिनमा प्रतिअमेरिकी डलरको भाउ डेढ रुपैयाँले घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबारको तुलनामा विहीबार ६४ पैसाले र बिहीबारको तुलनामा शुक्रबार ८० पैसाले घटेको हो ।

शुक्रबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलर ९९ रुपैयाँ ९८ पैसामा किन्ने र एक सय रुपैयाँ ५८ पैसामा बिक्री गर्ने जनाएको छ । शुक्रबारको डलरको मुल्य पुस महिनाकै सबैभन्दा कम हो । पुस १ गतेदेखि डलरको मुल्य सय निरन्तर रुपैयाँमा माथि छ ।

बिहीबार १ सय रुपैयाँ ७८ पैसामा किनेर १ सय १ रुपैयाँ ३८ पैसामा बिक्री गरेको थियो । बुधबार भने १ सय १ रुपैयाँ ४२ पैसामा किनेर १ सय २ रुपैयाँ २ पैसामा बिक्री गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?