+
+
Shares

विराटनगरको रिजाल ग्याँस उद्योगमा सिलबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २५ गते १३:३५

२५ पुस, मोरङ । कम तौल भएका ग्याँस उत्पादन गरेको भन्दै मोरङको विराटनगरस्थित रिजाल ग्याँस उद्योगमा वाणिज्य विभागले सिलबन्दी गरेको छ ।

अनुगमनमा निस्कीएको वाणिज्य विभाग इनरवाको टोलीले बिहीबार साँझ सो उद्योगमा सिलबन्दी गरेको वाणिज्य विभागका निर्देशक हरिनारायण बेल्वासेले अनलाइनखबरलाई जानकारी दिए ।

‘रिजाल ग्याँस उद्योगले कम तौल भएका ग्याँस उत्पादन गरेको भनी विभागमा परेको उजुरीका आधारमा छापा मारिएको हो,’ बेल्वासेले भने- ‘कम तौल भएका ग्याँस सिलिन्डर पाएपछि अनुगमन टोलीले सिलबन्दी गरेको हो ।’

उद्योगमा ३ सय ६६ वटा ग्याँस सिलिन्डर रहेको वाणिज्य विभागले जनाएको छ ।

उद्योग विरुद्ध उपभोक्ता संरक्षण ऐन वा कालोबजारी ऐन अन्तर्गत मुद्दा दायर गरिने बेल्वासेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?