Comments Add Comment

पेरिसमा पत्रकार मार्ने बन्दुकधारी ‘पिज्जा ब्वाइ’

Cherif (L) and Said (R)

२६ पुस, काठमाडौं । फ्रान्समा दुई दिनसम्म चलेको चरमपन्थी हमला तीन आक्रमणकारी मारिएपछि शनिबारदेखि अन्त्य भएको छ ।

मारिनेमा दुई ती भाइ पनि छन्, जो व्यंग्य पत्रिका चार्ली हेब्डोमा आक्रमण गर्नेहरु हुन् । पेरिसमा एक सुपरमार्केटमा मानिसहरुलाई बन्धक बनाउने बन्दुकधारी पनि मारिएका छन् ।

प्रहरीका अनुसार शरिफ र सईद क्लाशीले चार्ली हेब्डोको कार्यालयमा आक्रमण गरेका थिए, जुन घटनामा १० पत्रकारसहित १२ को मृत्यु भयो । पछि उनीहरुले शहरको उत्तरी इलाकाको एक घरमा केही मानिसलाई बन्धक बनाएका थिए, जहाँ प्रहरी कारवाहीमा मारिए ।

अनाथालयमा हुर्किएका थिए शरीफ

३२ वर्षका शरीफ २००८ मा जेल परेका थिए । प्रहरीलाई उनको चरमपन्थी इस्लामी गतिविधिबारे थाहा थियो । उनलाई अबु इसन नामले पनि चिनिन्थ्यो ।

उनी बट्स साउमट नेटवर्कसँग आवद्ध थिए, जसले इराकमा अल कायदाका लागि जिहादी पठाउने काम गर्छ । शरीफ फ्रान्सको पश्चिमी शहर रेनेसको अनाथालयमा हुर्किएका हुन् । उनी फिटनेश कोच पनि हुन् ।

समाचार एजेन्सीहरुका अनुसारपछि उनी आफ्नो दाईसँग बस्न थाले र पिज्जा डेलिभरी ब्वाइका रुपमा काम गर्न थाले ।
२००५ मा सिरिया जाने क्रममा उनी पक्राउ परे । त्यसबेला इराकमा अमेरिकी फौजविरुद्ध जिहादी भर्तीका लागि जान यो बाटो प्रयोग हुने गरेको थियो ।

फ्रान्सेली पत्रिका ली मडका अनुसार शरीफ २००५ देखि २००६ सम्म जेलमा बसे । त्यही क्रममा उनी जमाल बेगालको सम्पर्कमा पुगे ।

बेगाल पेरिसस्थित अमेरिकी दूताबासमा बम आक्रमणको योजना बनाएका कारण १० वर्ष जेल सजायँ काटिरहेका थिए ।
२००८ मा शरीफलाई चरमपन्थीलाई इराक पठमएकोमा तीन वर्ष जेल सजायँ तोकियो ।

छिमेकीहरुले भने उनी शान्त स्वभावको मानिस भन्छन् । फ्रान्सको आतंकविरोधी प्रहरीका अनुसार शरीफको नाम २०१० मा एक अन्य इस्लामी कट्टरपन्थी समीन एत अली बल्कासमलाई जेलबाट बाहिर निकाल्ने योजनासँग जोडिएको थियो ।

यसमा उनका भाइ ३४ वर्षका सईद क्वाशीको नाम पनि जोडिएको थियो । तर, प्रमाणको अभावमा दुबैलाई अभियुक्त बनाउन प्रहरी असफल भयो ।

प्रहरीका अनुसार पत्रिकाको कार्यालयमा आक्रमणपछि उनको परिचयपत्र उनको कारमा भेटिएको थियो ।

विकिनी बेबदेखि बन्दुकधारीसम्म 

पूर्वी पेरिसमा एक यहुदी सुपर मार्केटमा आम सर्वसाधारणलाई बन्धक बनाउने र चार जनाको हत्या गर्ने बन्दुकधारी भने अमिदी कलिबली हुन् ।

उनले नै पेरिसमा एक महिला प्रहरीको गोली हानी हत्या गरेको प्रहरीले बताएको छ । उनको लामो आपराधिक पृष्ठभूमि छ । उनी लागू औषध तस्करीमा संलग्न थिए र क्वाशी दाजुभाइसँग नजिकिए ।

France's-most-wanted-woman

पेरिसको बाहिरी इलाकामा जन्मिएका उनी १० सन्तानमध्ये एक हुन् । उनले यसअघि कोकाकोलाका लागि काम गरेका थिए ।

२०१३ मा उनलाई इस्लामी कट्टरपन्थी समीनलाई जेलबाट बाहिर निकाल्ने योजनामा दोषी ठहर गर्दै पाँच वर्षको सजायँ तोकिएको थियो । तर, उनी गत वर्ष नै रिहा भए ।

अब प्रहरीले अमिदीका सहयोगी २६ वर्षकी हयात बमिदिनीको खोजी गरिरहेको छ । उनी महिला प्रहरीको हत्यामा संलग्न भएको प्रहरीको आशंका छ । उनी सुपरमार्केटमा भएको कारवाहीमा भाग्न सफल भएको समाचारहरुमा जनाइएको छ ।

एक समय अमिदीसँग विकिनीमा तस्वीर खिचाएकी उनी बुर्का लगाएर इस्लामी चरमपन्थी बनेको तस्वीरहरु सार्वजनिक भएको छ ।

-बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment