२७ पुस काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले विकासका कामहरुमा आफैले विशेष सक्रियता लिएर मेहनतका साथ काम गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन । नुवाकोटको चौघडास्थित कुण्डला उच्च माविको ५२ औं वाषिर्कोत्सवका अवसरमा महतले कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी तथा जिल्लाका विकास निर्माणसँग सम्वन्धित कर्मचारीहरुलाई सो निर्देशन दिएका हुन ।
‘विकास निर्माण र आर्थिक प्रगतिहरु विगतको तुलनामा उल्लेख्य भएपनि जनताको बढ्दो आकांक्षा पूरा गर्न पर्याप्त छैनन् । र, तीब्र प्रगति गर्ने अन्य मुलुकको तुलनामा सन्तोषजनक छैनन् ।’ उनले भने- ‘रकमको अभाव हुँदैन । तर विनियोजित रकमको सदुपयोग पहिला गरेर देखाउनुहोस । एक मिनेट पनि खेर फाल्ने समय हामीसँग छैन ।’
प्रगति र समाज परिवर्तनका ढोंगी कुरा नगर्न प्रतिपक्षीहरुलाई सचेत गराए । ‘अमूर्त कुरा गरेर जनतालाई छक्याउन हुँदैन । आर्थिक प्रगति र विकास गरेर मात्र क्रान्तिकारी परिवर्तन आउँछ ।’ उनले भने । मानसिकतामा परिवर्तन भएमा नेपाल एसियाकै धनी मुलुक हुने भन्दै महतले मेहनत गर्ने बानी बसाल्न र उद्यमशील बन्न आग्रह गरे ।
कृषि, पयर्टन र जलस्रोतलाई सरकारले प्राथमिकता दिई बजेट छुट्याएको र प्रोत्साहनका कार्यक्रमहरुको घोषणा गरिएको उनले जानकारी दिए । काम गर्नका लागि र पैसा कमाउनका लागि युवाहरुले विदेश जानुपर्छ भन्ने मानसिकता ठीक नभएको उनले बताए ।
संविधानमा पहिचानबारे उठाइएका मागहरुमाथि टिप्पणी गर्दै महतले भने- ‘हामीले प्रत्येक नागरिकको पहिचान स्थापित हुने गरी संविधानमा व्यवस्था गर्न लागेका छौं । जात जातिलाई आपसमा फुटाउने होइन, मिलाउने संविधान बन्नुपर्नेमा जोड दिएका छौं ।’ प्रक्रियामा लगेर पनि संविधान जारी गर्ने अर्थमन्त्रीको भनाई थियो ।
प्रतिक्रिया 4