Comments Add Comment

महासंघ र चेम्बरले भने- दिनमा दुई अर्ब नोक्सान हुने बन्द कस्का लागि ?

banda-6

२९ पुस काठमाडौं । मंगलबार एकीकृत नेकपा माओवादीले नेवा/ताम्सालिङ र नेकपा-माओवादीले मध्यमाञ्जल बन्दको घोषणा गरेका छन ।

निजी क्षेत्रका प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शले बन्द विरोध गर्दै यस्ता कार्यक्रम तत्काल फिर्ता लिन आग्रह गरेका छन । बन्द/हड्तालले अर्थतन्त्रमा ठूलो नोक्सानी पुर्‍याउने उनीहरुको तर्क छ ।

एक दिन नेपाल बन्द हुँदा देशको अर्थतन्त्रमा दुई अर्ब नोक्सान हुने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिप जंग पाण्डे बताउँछन ।

‘एकदिन नेपाल बन्द हुँदा देशको अर्थतन्त्रमा प्रत्यक्षरुपमा दुईर् रुपैयाँ नोक्सान हुन्छ, बन्द हड्ताल गर्नु भनेको राज्यलाई कंगाल बनाउनु हो ।’ अनलाइनखबरसँग कुरा गर्दै पाण्डेले प्रश्न गरे- ‘आर्थिक नोक्सानी गर्ने बन्द कस्का लागि ?’

त्यसैले महासंघले जुनसुकै प्रकारको भएपनि बन्द र हड्तालको विरोध गर्दै आएको उनले बताए । मंगलबारको बन्दप्रति आपत्ति प्रकट गरेको छ । महासंघले प्रेस विज्ञप्ती जारी गरेर सार्वजानिकरुपमै बन्द हड्ताल नगर्न र आगामी बन्दका कार्यक्रम फिर्ता लिँदै जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आग्रह गर्ने उनले बताए ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले आजको युगमा पनि बन्द हड्तालमा उत्रिनु लज्जास्पद भएको बताए ।

‘गज्जपको कुरा त, समयमै संविधान बनाउ भनेर बन्द गर्नुपर्ने बेलामा संविधान बनाउनु हुँदैन भन्ने आसय राखेर बन्द आहृवान भएको छ । मुलुकको शासनसत्ता चलाइसकेको राजनीतिक दललाई थोरै भए पनि लाज त हुनुपर्ने हो ।’ श्रेष्ठले भने ।

बन्दले जति आर्थिक नोक्सानी पुर्‍याउँछ, त्योभन्दा धेरै गलत संस्कार बसाउने मुलुकको इज्जत गुम्ने उनले बताए ।

‘देशलाई अहिले स्सदेशी तथा विदेशी लगानी चाहिएको छ तर जिम्मेवार राजनीतिक दलहरु नै बन्द/हड्तालमा उत्रिएपछि कसरी लगानीकर्ता आकषिर्त हुन्छन् ?’ श्रेष्ठले प्रश्न गरे ।

शान्तिपूर्ण बाँच्न र आवतजावत गर्न पाउने जनताको अधिकार ख्याल गर्न सबैलाई उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment