+
+
Shares

सलमानलाई बचाउन झुट बोल्न थालिन् ज्याकलिन

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १ गते ८:४१

salman-and-jaclin
मुम्बई । हिन्दी फिल्म ‘किक’ मा काम गरेदेखि नै सलमान खान र ज्याकलिन फर्नान्डिजको दोस्ती सुरु भएको हो । दोस्तीको फाइदा दुबैले आ-आफ्नै शैलीले उठाउँदै आएका छन् ।

हालै ज्याकलिनले श्रीलंकामा भएको चुनावमा त्यहाँका तत्कालिन राष्ट्रपति महिन्दा राजापाक्षका पक्षमा प्रचार गर्न सलमानलाई साथै लिएर गएकी थिइन् । त्यहाँ उनीहरुले राजापाक्षले आयोजना गरेका कार्यक्रममा सहभागीता जनाउँदै उनको पक्षमा भोट पनि मागे ।

तर, उनीहरुको कदमप्रति भारतभित्र ठूलो असन्तुष्टि देखियो भने जसको प्रचारमा उनीहरु सहभागी भएका थिए उनले पराजय भोगे ।

तमिललाई दबाउने राजापाक्षका पक्षमा भोट भागेको भन्दै सलामानको घर बाहिर भारतका तमिल समुदायले बिरोध प्रर्दशन गरे ।

खासमा सलमानलाई श्रीलंकाली चुनावसँग कुनै लिनुदिनु थिएन् । तर पूर्व मिस श्रीलंकासमेत रहेकी ज्याकलिनले राष्ट्रपतिका छोरासँगको निकट सम्बन्धकै कारण सलमानलाई चुनाव प्रचारमा लगेकी थिइन् ।

अहिले समस्या परेपछि ज्याकलिनले झुट बोलेर सलमानलाई बचाउन कोसिस गरेकी छिन् । उनले अहिले भन्न थालेकी छिन- सलमान र मेरो श्रीलंका भ्रमण चुनाव प्रचारका लागि थिएन, सामाजिक कामका लागि थियो ।’

सायद यसैलाई भन्छन एकअर्काप्रतिको सच्चा प्रेम । सलमानलाई जोगाउन उनले झुट बोलेरै भए पनि कोसिस गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?