+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

माघभित्रै सुरुङ मार्गको वित्तीय व्यवस्थापन हुने, यसरी जुट्दैछ पुँजी

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १ गते १७:५४

Npbcl१ माघ काठमाडौं । नेपाल पूर्वाधार विकास कम्पनीले यही माघ महिनाभित्र काठमाडौं-कुलेखानी-हेटौंडा सुरुङमार्गको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गर्ने जनाएको छ ।

कम्पनीले क्यानेडियन कम्पनीबाट २८ अर्ब, संस्थापक सेयरधनीबाट २ अर्ब, प्रि-आइपिओबाट २ अर्ब र आइपिओबाट ३ अर्ब रुपैयाँ लगानी जुटाउने कम्पनीका अध्यक्ष कुशकुमार जोशीले जानकारी दिए ।

बुधबार सम्पन्न कम्पनीको दोस्रो वाषिर्क साधारणसले गरेका निर्णय सार्वजानिक गर्न बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष जोशीले माघभित्रै वित्तीय व्यवस्थापन गर्ने दाबी गरे ।

‘जनवरी भित्रमा वित्तीय स्रोत जुटाउने प्रक्रिया सम्पन्न गरी सरकारलाई प्रतिवेदन बुझाउने छौं’ जोशीले भने ।

Surung Margaसन् २०१६ मा निर्माण सम्पन्न गर्ने भनिए पनि लगानी स्रोत जुटाउन नसक्दा अहिलेसम्म निर्माणको काम सुरु हुन सकेको छैन् । पछिल्लो समयमा परियोजना निर्माणको लागि क्यानेडिएन कम्पनीले कुल लागतको ८० प्रतिशत (२८ अर्ब) लगानी गरी सम्झौता गरेको छ । परियोजना सम्पन्न गर्न ३५ अर्ब लाग्ने अनुमान गरिएको छ ।

क्यानेडियन कम्पनीले आफैले काम गर्ने शर्तमा ऋण लगानी गर्न लागेको हो । यसका लागि क्यानेडियाकै इएक्सपी सर्भिस इंन्कले विस्तृत परियोजना प्रतिवेदन पुनरावलोकन गरिरहेको जोशीले जानकारी दिए । सम्झौता अनुसार उक्त कम्पनीले फेब्रुअरीसम्ममा पुनरावलोन सक्ने र त्यसपछि लगत्तै निर्माणको काम सुरु गर्ने बताइएको छ ।

‘क्यानेडियन कम्पनीले जोखिम विश्लेषण, इन्जिनियरिङ, वातावरणीय, सामाजिक तथा भूमि व्यवस्थापन, सम्भार तथा सञ्चालन, अनुमानित लागत आदिको अध्ययन गरी मस्यौदा प्रतिवेदन तयार गरिरहेको छ’ जोशीले भने ।

परियोजनाको लागि स्वेदशी कम्पनीबाटै पुँजी जुटाउने प्रयास गरिए पनि सरकारको नीतिगत अस्पष्टताको कारण असम्भव भएको जोशीले गुनासो गरे । ‘सञ्चयकोष, नागरिक लगानी कोष, बैंक तथा वित्तीय संस्थामा भएका पैसा लगानी नभएर बसेका छन । परियोजनाहरुले लगानी पाएका छैनन । अस्पष्ट सरकारी नीतिको कारण यस्तो समस्या भएको हो’ उनले भने ।

क्यानेडियन कम्पनीले गरिरेहको अध्ययनबाट सुरुङ मार्गको दूरी घट्ने सम्भावना देखिएको र केही ‘अलाइनमेन्ट’ समेत परिमार्जन गरिएको उनले बताए । ‘सुरुङ मार्गको कूल दूरी ५८ किलोमिटरबाट घटेर ५६ किलोमिटर हुने संभावना बढेर गएको छ’ उनले भने ।

साधारणसभाले छिटोभन्दा छिटो निर्माण थाल्नुपर्ने निर्णय गरेको उनले बताए । ‘वित्तीय व्यवस्थापन भइसकेपछि मात्रै सुरुङ मार्ग निर्माणको मिति तोकिने छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?