Comments Add Comment

सिमरा गोल्डकप फटबलमा नवजागृतिको विजयी सुरुवात

१ माघ, काठमाडौं । आयाजक नवजागृति युवा क्लबले सिमरा गोल्डकप फटबलमा विजयी सुरुवात गरेको छ ।

सिमरा रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा साविकको विजेता नवजागृतिले हेटौंडाको एफसी पोतालालाई ३-० गोल अन्तरले पराजित गरेको छ ।

स्थनिय सिमरा रंगशालामा भएको खेलमा नवजागृतिले ३२ औं मिनेटमा अबाले गोल गरे । त्यसको तीन मिनेटमा सुुवास गुरुङले गोल गर्दै अग्रता दोब्बर गरे ।

खेलको ८१ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै नवजागृतिलाई ३-० को जित दिलाए ।

सिमरा गोल्डकप राजधानी बाहिर हुने सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता हो । ए डिभिजनका ५ सहित १० टोलीको सहभागिता रहने प्रतियोगिताको विजेताले ४ लाख पुरस्कार पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment