Comments Add Comment

शुक्रबारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट शुक्रबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको सिलान्यास गरिएको खबर प्राथमिकताका साथ छापेका छन् ।
अभियान दैनिकमा निर्माण सुरु भयो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौ-कुलेखानी-हेटौडा सुरुङ मार्ग निर्माणको वित्तीय ब्यवस्थापन माघ १५ भित्रै, संविधान नबनेसम्म लगानी थपिदैनः ब्यवसायी, चेम्बरसहित ८७ संघद्वारा हड्ताल फिर्ता लिन सामुहिक अपील, तलबभत्ताका लागि सार्वजनिक संस्थालाई ६ महिनामा रु ७१ करोड लगायतका खबर छन् ।
अन्नपूर्ण पोष्टमा वासेल थ्री कार्यान्वयन ६ महिना पछि सर्यो, कृषि अनुदानका लागि १२ अर्ब विनियोजन, मलेसियाको पेनाङमा वाणिज्यदूतको कार्यालय, मिलेर विकासमा लाग्न प्रधानमन्त्रीको आग्रह, कवेतको आश्रयस्थलमा एक सय ३७ नेपाली लगायतका खबर छन् ।
नागरिक दैनिकमा गौतमबुद्ध विमानस्थल स्तरउन्नति सुरु, मध्यमस्र्याङदी दुई साता बन्द, हेटौंडा सुरुङमार्गको वित्तीय ब्यवस्थापन माघभित्रै लगायतका खबर छन् ।
कारोबार दैनिकमा मोफसलका मेडिकल कलेजमा विद्यार्थी अभाव, कृषि उत्पादन लागत भारतभन्दा नेपालमा महंगो, निजी क्षेत्रले बन्द अवज्ञा गर्ने, यस्तो बन्दैछ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, ताप्लेजुङमा पौने चार अर्बको अलैंची, २०१७ मा भारतको वृद्धिदर चीनकै बराबरी लगायतका खबर छन् ।

annpurna-eco

aviyan-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment