मुम्बई । मुम्बइमा आयोजित एक अवार्ड कार्यक्रममा प्रियंका चोपडाले ढिला गरेको झोंकमा कमेडियन कपिल शर्माले माइक फयाँकिदिएका छन् ।
एक अवार्ड कार्यक्रममा कमेडियन कपिल र प्रियंकालाई होष्टको रुपमा निमन्त्रणा गरिएको थियो । कपिल कार्यक्रमका लागि तयार भएर स्टेज वरपर थिए भने प्रियंका मेकअपका लागि मेकअप रुममा छिरिन् ।
प्रियंका कहिले आउलिन् र कार्यक्रमका वारेमा छलफल गरौंला भनेर बसेका कपिलले जब तीन घण्टा बितेको पत्तो पाए अनि रिसाउँदै ‘अझै तयार भएको छैन ? महिलाहरुको यहि हो समस्या’ भन्दै माइक फ्याँके ।
पि्रयंकालाई कुर्नु परेपछि त्यसरी रिसाएका तिनै कपिल हुन्, जसले एक वर्षअघि अभिनेत्री कंगना राणावतलाई यसैगरि कुराएका थिए ।
‘कमेडी नाइट वीथ कपिल’ कार्यक्रममा सहभागी हुन गएकी कंगनाले कपिलाई दुई घण्टा बढी कुर्नु परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4