+
+
Shares

एमाओवादी र मधेसवादी दलहरु बाधकः नेता नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ४ गते १८:३८

makune-rauthat४ माघ, रौतहट । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत माओवादी र मधेसवादी दलहरु बाधक भएकै कारण तोकिएको समयमा संविधान बनाउन सम्भव नभएको बताएका छन् ।

आइतवार रौतहटको सखुअवा धमौराको हर्षाहा टोलमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले एमाओवादी र मधेसवादी दलहरु बाधक भइदिँदा संविधानको विवादिन विषयमा सहमति जुट्न नसकेको आरोप लगाए ।

हषर्ाहाटोलमा रहेको श्री बतहु माध्यमिक बिद्यालयमा आयोजित शीतलहरपीडितलाई कम्बल बितरण कार्यक्रममा बोल्दै उनले संविधान जारी हुने दिन नजिकिदै जादा एमाओवादी सहितको संयुक्त मोर्चाले असहयोग गरेको कारण सँविधान जारी गर्न नसकिने उल्लेख गरे ।

संबिधान घोषणा गर्न चार दिन मात्र बाकि रहँदा पनि संबिधानसभामा हुने बहस मस्यौदा समितिमा नलगिएको उनले बताए । बहुमतमा भएको सरकारलाई अल्पमतका दल र नेताहरुले असफल बनाउन खोजेको उनको आरोप छ । एनेकपा माओवादी र मधेश केन्दि्रत दलले उनीहरुले जे भन्छन त्यही हुनु पर्ने अडान राखेका कारण संबिधान निमार्णमा समस्या भएको समेत नेता नेपालको भनाई थियो ।

–गौतम श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?