Comments Add Comment

लेखापरीक्षकलाई पेशागत आचारसंहितामा जिम्मेवार बन्न आग्रह

20150118_170709५ माघ पोखरा । नेपाल अडिटर्स एशोसिएशनका केन्द्रीय अध्यक्ष मोहनराज रेग्मीले लेखापरीक्षण पेशाको पहिचान, मर्यादा र गुणस्तरीयता वृद्धिका लागि लेखापरीक्षकहरु जिम्मेवार हुनुपर्ने बताएका छन । पोखरामा भएको पश्चिमाञ्चल क्षेत्रीय भेलामा बोल्दै रेग्मीले यस्तो बताएका हुन ।

लेखापरीक्षण कार्य एक मर्यादित र प्राविधिक कार्यलाई बदनामित र अपव्याख्या गर्ने काम भइरहेको छ । लेखापरीक्षकले व्यवस्थापनले प्रस्तुत गरेको प्रतिवेदनलाई टिप्पणीसहित प्रमाणीकरण गर्ने मात्रै जिम्मेवारी भएको उनले बताए । यसलाई सही ढंगबाट बुझन र लागु गर्न नसक्दा बुझाई र व्यवहारमा समस्या रहेको उनले जानकारी दिए ।

कतिपय लेखापरीक्षकले लेखापरीक्षण आचारसंहिता र प्रक्रियालाई आत्मसात नगर्दा समस्या भएको बताउदै त्यसका लागि अडानले आचारसंहितामार्फत पेशालाई मर्यादित बनाउने प्रयास भईरहेको बताए ।

भेलामा केन्द्रीय बरीष्ठ उपाध्यक्ष सुर्य अधिकारी, केन्द्रीय उपाध्यक्ष एवम् आइक्यानका पूर्व पार्षद कृष्ण पौडेल, केन्द्रीय उपमहासचिव एवम् आइक्यान पार्षद बदि्र भट्टराई, केन्द्रीय सदस्यहरु शिव बराल, चन्द्रबहादुर थापा, बिलबहादुर भुजेल, पश्चिाञ्चल क्षेत्रीय अध्यक्ष केशबहादुर केसी, उपाध्यक्ष रामचन्द्र पन्थी, मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष केशव पौडेल, कास्की अध्यक्ष चन्द्र सुवेदी, रुपन्देही उपाध्यक्ष नारायण घिमिरेलगायतले बोलेका थिए ।

भेलाले आगामी फागुन ८ र ९ गते पोखरामा हुने तेस्रो राष्ट्रिय परिषदलाई भव्य र परिणाममुखी बनाउने निर्णयहरु गर्दै अडान केन्द्रीय उपाध्यक्ष विष्णुहरि तिमल्सेनाको संयोजकत्वमा एक सय एक सदस्यीय मूल तयारी समिति गठन गरेको छ ।

तेस्रो राष्ट्रिय परिषदले पेशागत आचारसंहिता पारीत गर्ने र पेशागत हकहितलाई व्यवस्थित बनाउने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment