+
+
Shares

एकान्तकुनामा ‘म्याजेस्टिक’ ग्रान्ड इभेन्ट भेन्यु, ४ हजार जनाको क्षमता, तारेहोटल जस्तो सुविधा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २४ गते ९:२२

२४ वैशाख, काठमाडौं । ललितपुरको एकान्तकुनामा ‘म्याजेस्टिक ग्रान्ड’ इभेन्ट भेन्यु सञ्चालनमा आएको छ । भव्य र आकर्षक देखिने यो इभेन्ट भेन्यु नेपालकै ठूलो र भव्य भएको दाबी गरिएको छ ।

२० रोपनी जग्गा २१ वर्षलाई भाडामा लिएर बनाइएको ‘म्याजेस्टिक ग्रान्ड’मा चार हजार जना अट्न सक्ने जुनसुकै कार्यक्रम आयोजना गर्न सकिन्छ ।

खासगरी विवाह, व्रतबन्ध, म्युजिकल कन्सर्ट, फेसन सो, प्रडक्ट लन्च, विश्वविद्यालयको ग्राजुएसन कार्यक्रम र एकसाथ धेरैजना उपस्थित हुनुपर्ने गोष्ठी र सेमिनार जस्ता कार्यक्रमलाई लक्षित गरी यो इभेन्ट भेन्यु तयार गरिएको हो ।

एकान्तकुनास्थित यातायात कार्यालयको अपोजिट साइडमा रहेको यो इभेन्ट भेन्युमा करिब तीन सय वटा चारपांग्रे र पाँच सय वटा दुईपाङ्ग्रे सवारी साधन सहज ढंगले पार्किङ गर्न सकिन्छ ।

केके छन् सुविधा ?

‘म्याजेस्टिक ग्रान्ड’ र ‘म्याजेस्टिक क्राउन’ गरी दुई वटा आकर्षक इभेन्ट हल छन् । यहाँ कार्यक्रम आयोजना गर्दा बाहिरबाट कुनै किसिमका सामग्री ल्याउन नपर्ने सञ्चालकको सुरज कार्की बताउँछन् । ‘विवाहका लागि चाहिने पुरोहितदेखि गाडी, बग्गी, बाजा, फोटोग्राफी, भिडियोग्राफी, गाडी डेकोरेसनलगायत सम्पूर्ण प्याकेज सुविधा यहाँ उपलब्ध छ,’ सञ्चालक कार्कीले भने ।

ग्राहकको बजेटअनुसार सिल्भर, गोल्ड तथा डाइमन्ड गरेर तीन किसिमको खानाको मेनु तय गरिएको छ । आफ्नो बजेटअनुसार मेनु छनोट गर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय स्तरका लेटेस्ट प्रविधियुक्त साउन्ड सिस्टम, लाइट, विशाल स्क्रिनलगायत इभेन्टका लागि आवश्यक पर्ने हरेक सामग्री म्याजेस्टिक ग्रान्डमा जडान गरिएका छन् ।

‘म्याजेस्टिक ग्रान्डमा इभेन्ट गर्नेहरूलाई उत्कृष्ट अनुभव हासिल गराउन हामीले भरमग्दुर प्रयास गरेका छौं’, सञ्चालक कार्की भन्छन्, ‘म्याजेस्टिक ग्रान्डलाई नामजस्तै भव्य बनाउन यसको निर्माण र सजावटमा विशेष ध्यान दिइएको छ ।’

नयाँ पुस्ताको सोच र थिम अनुसार भेन्यु तयार गरिएको र सुलभ मूल्यमा पाँच तारे होटलको भन्दा उत्कृष्ट सेवा प्रदान गरिरहेकाले धेरैको रोजाइमा पर्ने विश्वास कार्कीको छ ।

आरजी क्रियसन्सको कन्सेप्ट र डिजाइन 

म्याजेस्टिक ग्रान्डको कन्सेप्ट, डिजाइन र निर्माण आरजी क्रियसन्स नेपालले गरेको हो । आरजी क्रियसन्स् नेपालका अध्यक्ष राम गिरी आफूले निर्माण गर्ने हरेक इभेन्ट भेन्यु ‘मास्टर पिस’ हुने गरी नै सम्पन्न गरिएको दाबी गर्छन् ।

‘म कुनै पनि निर्माणलाई भव्य, आकर्षक र सुन्दर बनाउन चाहिने कन्टेन्ट के–के हुन् सक्छन्, तिनको पर्याप्त रिसर्च गरेरमात्र अप्लाई गर्छौं,’ अध्यक्ष गिरीले भने, ‘जसका कारण आरजी क्रियसनले डेभलप गरेका प्रोजेक्ट अन्यभन्दा भिन्न, भव्य र आकर्षक हुन्छन् ।’

पाँचतारे होटलमा भन्दा पनि अब्बल इन्टेरियर सामग्री प्रयोग गरेर निर्माण गरिएको म्याजेस्टिक ग्रान्ड आरजी क्रियसन्सका लागि समेत गर्व गर्न लायकको इभेन्ट भेन्यु बनेको अध्यक्ष गिरीले बताए ।

‘म्याजेस्टिक ग्रान्ड’ मा प्रयोग गरिएका फर्निचर, लाइट, डेकोरेसनका आइटम नेपालका कुनै होटल तथा ब्यांक्वेटमा प्रयोग नभएका गरिएको छ’, अध्यक्ष गिरीको दाबी छ, ‘आफ्नो आवश्यकता र स्पेस अनुसारको साइजमा फ्युजन गरेर इन्टेरियर सामग्री विदेशबाट आयात गरेर जडान गरिने भएकाले अरुभन्दा भिन्न हुने गरेको छ ।’

आरजी क्रियसनले यसअघि अन्य ब्यांक्वेटहरू पनि निर्माण गरी सञ्चालनमा ल्याएको छ । तर, एउटाको थिम अर्कोसँग मिल्दैन । ‘उस्तै कन्सेप्टका दुई वटाभन्दा बढी ब्यांक्वेट निर्माण गरिएको छैन,’ अध्यक्ष गिरीले भने ।

यसका उदाहरणहरुमा काठमाडौं उपत्यकामा रामबाघ महल, म्याजेस्टिक ग्रान्ड, हर्षबाटिका, ताज रिसेप्सन, बौद्ध हेरिटेज, डेजाभु, पानस ब्यांक्वेट एण्ड इभेन्ट, इम्पेरियल ब्यांक्वेट र रोयल इम्पायर लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?