Comments Add Comment

सहमतिबाटै संविधान बनाउन भारतको सुझाव

indian-flag७ माघ, काठमाडौ । संविधान जारी गर्न तय गरिएको समयमा दलहरु आपसमै मुठभेडको स्थितिमा आएपछि छिमेकी राष्ट्र भारतले मुख खोलेको छ । आफ्नै मुलुकको निर्वाचनमा ब्यस्त भइरहेको भारतले नेपालमा दलहरु मुठभेडकै स्थितिमा आएपछि सहमतिबाटै अघि बढ्न सुझाव दिएको हो ।

भारतीय विदेश मन्त्रालयले मंगलवार विज्ञप्ति जारी गरी राजनीतिक दलहरुबीच विगतमा भएका सहमति र समझदारीकै आधारमा अघि बढ्न आग्रह गरेको हो । सहमतिको प्रक्रियाबाटै यहाँसम्म आइपुगेको स्मरण गराउँदै भारतले विगतको सहमति र समझदारीको सम्मान तथा संविधानसभाको निर्वाचनको प्राप्त जनादेशलाई शिरोधार्य गर्दै संविधान निर्माण कार्य अघि बढाउनुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

भारतको विधानसभाको निर्वाचनका लागि भारतीय नेताहरु ब्यस्त भएकै कारण नेपालको बिग्रएको पछिल्लो राजनीतिमा ध्यान दिन सकेको छैन । आफूहरुको आन्तरिक ब्यस्तताकाबीच नेपालमा राजनीति मुठभेड अगाडि बढन् थालेपछि भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी सहमतिमै जोड दिएको हो ।

अन्तिम समयसम्म पनि दलहरुबीच सहमति हुन नसकेपछि प्रक्रियामा भए पनि अघि बढ्नुपर्ने भन्दै प्रक्रिया अघि सारिएपछि सोमवार मध्यरातमा संविधानसभा बैठकमै वितण्डा मच्चिको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment