Comments Add Comment

प्लस टु पढ्ने युवतिविच सौन्दर्य प्रतिस्पर्धा

saundarya
प्लस टु कलेजमा अध्ययनरत युवतीबिच अर्को प्रतिस्पर्धा हुने भएको छ । ‘नेपाल्स कलेज डिभा अफ द इयर’ नाम दिइएको उक्त प्रतियोगितामा १६ देखि २६ वर्षका कम्तीमा ४ फुट ८ इञ्च उचाई भएका कलेजमा पढ्दै गएका अबिबाहित नेपाली युवती सहभागी हुन सक्नेछन् ।

रिबन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा हुने यो प्रतियोगिता भब्य हुने कार्यकारी निर्देशक निशु झाको भनाई छ । आउदो फागुनमा काठमाडौमा  कार्यक्रममा गर्ने योजनामा रहेका आयोजक संस्थाका अधिकारी अडिसनवाट प्रतियोगी छानिने बताउछन् ।

अडिसनबाट अन्तिम प्रतिस्पर्धामा छानिने युवतीलाई एक महिनासम्म कोरियोग्राफी, गु्रमिङ, क्याटवक, व्यक्तित्व विकास, आत्मविश्वास, जुम्ब डान्स, फिटनेश सम्बन्धि प्रशिक्षण दिइने छ ।

प्रतियोगितामा कलेज डिभा अफ द इयर २०१५, फस्ट, सेकेण्ड, थर्ड र फोर्थ रनर्सअपका साथ विभिन्न टाईटलमा प्रतियोगीलाई पुरस्कृत गरिने भएको छ ।

विजेताहरुलाई पुरस्कार स्वरुप एयर होस्टेज तालिम, भाषा प्रशिक्षण, छात्रबृत्ती र होलीडे प्याकेज प्रदान गरिने आयोजक निशुले बताए ।

यस संस्थाले यसअघि नेपाल्स फेस अफ द इयर, नेपाल्स चिल्ड्रेन अफ द इयर र नेपाल्स मिस टिन अफ द इयर आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment