Comments Add Comment

प्रधानमन्त्रीले भने-संविधान निर्माणको जस सबै दललाई

७ माघ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले लोकतान्त्रिक अधिकारहरुलाई संस्थागत गर्ने संविधान ल्याउने बताएका छन् । संविधान जारी भएपछि मात्र मुुलुकमा शान्ति र राजनीतिक स्थायित्व कायम हुने उनले विश्वास व्यक्त गरे ।

SUSHIL-KOIRLAतामाङ सुमदायको नयाँबर्ष सोनाम ल्होछारको अवसरमा बुधबार टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री कोइरालाले भने-‘ विगत १ बर्षको कार्य अनुभवका आधारमा म भन्दैछु , मुलुकमा शान्ति र स्थिरता कायम भएमा ८/१० बर्षमा यो मुुलुकको कायापलट गर्न कठिन छैन । त्यसैले हाम्रो समग्र ध्यान अहिले संविधान निर्माणमा केन्द्रित छ ।’

केही राजनीतिक दलहरु संविधान आइहालेमा सत्ताधारी दलहरुलाई फाइदा पुग्छ कि भन्ने मानसिकताले ग्रसित देखिएको कोइरालाले टिप्पणी गरे । उनले यसको जस संविधानसभाभित्र रहेका सबै राजनीतिक दलहरुलाई जाने भएकाले संविधान निर्माणमा सहयोग गर्न उनले आग्रह गरे । उनले संविधान निर्माणको ऐतिहासिक कार्यलाई परिणाममा पुर्‍याउन दलहरुले इमान्दारीपूर्वक गरेको प्रयासलाई साथ दिन सबै नेपालीहरुलाई आग्रह गरे ।

प्रधानमन्त्री कोइरालाले तामाङ संस्कृति र सभ्यताको संरक्षणको लागि बनाउन लागिएको केन्द्रीय साँस्कृतिक भवन निर्माणमा सहयोग गर्ने बचन समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment