Comments Add Comment

संविधानसभामा लडेको भन्दै प्रचण्डलाई वैद्यको बधाइ

७ माघ, काठमाडौं । संविधानसभाभित्र लडेको भन्दै नेकपा- माओवादीका अध्यक्ष मोहन बैद्यले एमाओवादी अध्यक्ष प्रचण्डलाई धन्यवाद दिएका छन् ।

फाइल फोटो
फाइल फोटो

बुधबार बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा बसेको आन्दोलनकारी दलहरुको संयुक्त बैठकमा संविधानसभाभित्र र सडकमा भएको आन्दोलनको समीक्षा भएको थियो ।

सहभागी एक नेताका अनुसार बैठकमा बैद्यले प्रचण्डलाई भने-‘तपाईहरु संविधानसभाभित्र लड्नु भएको छ, हामी त्यसको सराहना गर्छौं र धन्यवाद दिन्छौं ।’

प्रचण्डले सडक आन्दोलन र नेपाल बन्दमा उत्पीडित जाति र समुदायले साथ दिएको र सफल भएको बैठकमा बताए । उनले पेलेर जान खोजेपछि संविधानसभामा मुठभेडको अवस्था आएको नेताहरुलाई ब्रिफिङ गरेका छन् ।

संविधानसभाभित्र   भएको तोडफोड र हुलहुज्जतप्रति संकेत गर्दै प्रचण्डले त्यसका लागि आफूहरु दोषी नभएको बताए ।

उनले माघ ८ गते बस्ने संविधानसभाको बैठकमा पनि मुठभेड हुन सक्ने विश्लेषण सुनाए । ‘भोलि पनि छलछाम र पेलेर जाने प्रयास हुन सक्छ’ बैठकमा प्रचण्डले भने-‘हामी त्यसलाई कुनै हालतमा रोक्नुपर्छ ।’

बैठकमा बैद्यले केही एजेण्डामा मतभेद रहे पनि मिलेका विषयमा सहकार्य गर्दै जाने बताए ।

प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चा, पद्मरत्न तुलाधर नेतृत्वको मोर्चा र बैद्य माओवादीले भोलि ८ गते देशभर प्रदर्शन गर्ने र राजधानीमा बानेश्वर केन्दि्रत प्रदर्शन गर्ने निर्णय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment