Comments Add Comment

‘पीके’ निर्मातामाथि चोरीको बात, एक करोड क्षतिपूर्ति माग

pk-review
मुम्बई । बलिउडमा वर्षकै चर्चित बन्न सफल चलचित्र ‘पिके’ माथि कथा चोरी गरेको आरोप लागेको छ । उपन्यासकार कपील इशापुरीले सन् २०१३ मा प्रकाशित आफ्नो उपन्यास ‘फरिश्ता’ को केही अंश चोरेको आरोप लगाएका छन् ।

साथै उनले आफ्नो कथासार चलचित्रमा प्रयोग भएपछि अन्यायमा परेको भन्दै क्षतिपूर्ति वापत एक करोड पाउनुपर्ने माग गर्दै चलचित्रका निर्माता बिरुद्ध आदालतमा मुद्धा दायर गरेका छन् । उनले फिल्ममा आफ्नो नाम उल्लेख गर्नसमेत माग गरेका छन् ।

इशापुरीले निर्माता विधु बिनोद चोपडा, निर्देशक राजकुमार हिरानी, फिल्म निर्माण गर्ने संस्था र पटकथा लेखक अभिजान जोशीमाथि रचना चोरी गरेको आरोप लगाएका छन् ।

लेखक इशापुरीले फिल्ममा उठाएका कतिपय धार्मिक प्रसंग पुस्तकवाट प्रभावित भएर लिएको दाबी गरेका छन् । आफुले फिल्म ढिला हेरेकाले आफ्नो कथा चोरी भएको पछि थाह भएको इशापुरीको भनाइ छ ।

आमिर खान अभिनित यस फिल्म बलिउडमा बनेको मध्ये अहिलेसम्म सबै भन्दा धेरै कमाउने फिल्मको सूचीमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment