+
+

माननीयज्यू भन्दै यसरी गरियो चेकजाँच (फोटो फिचर)

८ माघ, काठमाडौं । माननीय ज्यू नमस्कार ! संविधानसभा बैठक कक्ष प्रवेश गर्ने मूलद्वारमा उभिएका मर्यादापालकले सबैभन्दा पहिले सभासदलाई यसो भनेर अभिवादन गर्छन् ।

माननीय ज्यूको नाम के होला ? दोस्रो प्रश्न । तेस्रो प्रश्न आउँछ, माननीयज्यू कुन पार्टीको हुनुहुन्छ ? यी तीन प्रश्नसँगै सभासदको शरीर खानतलासी शुरु हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ८ गते १९:००

CA members Security checking (1)

मात्रिका पौडेल
८ माघ, काठमाडौं । माननीय ज्यू नमस्कार ! संविधानसभा बैठक कक्ष प्रवेश गर्ने मूलद्वारमा उभिएका मर्यादापालकले सबैभन्दा पहिले सभासदलाई यसो भनेर अभिवादन गर्छन् ।

माननीय ज्यूको नाम के होला ? दोस्रो प्रश्न । तेस्रो प्रश्न आउँछ, माननीयज्यू कुन पार्टीको हुनुहुन्छ ? यी तीन प्रश्नसँगै सभासदको शरीर खानतलासी शुरु हुन्छ ।

माफ गर्नुहोला, आज यस्तै आदेश छ । सभ्य र नभ्र स्वभावमा बोल्ने मर्यादापालकहरुको पोशाक पनि सफेदपोश छ ।
अर्थात एमाओवादी नेताहरुको भाषामा सेतो दौरा शुरुवाल र कालो टोपी लगाएका पुरुष तथा रातो किनारासहितको सेतो सारी र कालो कोट लगाएका महिला मर्यादापालक ‘सुकिला-मुकिला’ देखिन्छन् ।

संविधानसभा बैठक कक्षभित्रै शंकास्पद रुपमा राखिएको दश पोका रातो खुर्सानीको धूलो भेटिएपछि संविधानसभा सचिवालयले अचानक सभासदहरुको सुरक्षा जाँचमा कडाइ गरेको छ ।

CA-members-Security-checking

तीन चरणको चेकजाँच

संविधानसभा भवनमा प्रवेश गरेका सभासदहरुले कम्तिमा तीन चरणको सुरक्षा जाँच पास गर्नुपर्छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र छिर्ने मूल प्रवेशद्वारमा पहिलो चेकिङ हुन्छ ।

त्यसपछि गाडीबाट सभासदलाई ओरालिन्छ र मेटल डिटेक्टरबाट दोस्रो चेकिङ हुन्छ । संविधानसभा भवनको बैठक कक्षभित्र छिर्ने मूल प्रवेशद्वारमा पूरै शरीर खानतलासी पछिमात्र सभासदहरु भित्र छिर्न पाउँछन् ।

महिला सभासदलाई महिला मर्यादापालकले खानतलासी लिइरहेका छन् भने पुरुषलाई पुरुष मर्यादापालकले ।

CA members Security checking (2)

सभासदको लाम, झोला बोक्न निषेध

खानतलासीका क्रममा सभासदहरुको लाम निकै लामो भएको थियो । सभासदले आफ्नो साथमा रहेको झोला मर्यादापालकलाई नै जिम्मा लगाएर मात्रै भित्र छिर्न पाएका छन् । महिला सभासदहरु अधिकांशले झोला बोक्ने गरेका हुन्छन् ।

धूमपान गर्ने सभासदहरुले बोकेका चूरोटका बट्टा, सलाइ र लाइटर समेतभित्र लैजान दिइएको छैन । पार्टी सोधेर मर्यादापालकले एमाओवादी र मधेशवादी दलका सभासदहरुलाई बढी खानतलासी लिएको आरोप ती दल आवद्ध सभासदहरुले लगाएका छन् ।

तर, संसद सचिवालय र मर्यादापालकहरुले भने पार्टीका आधारमा होइन, सबै सभासदलाई समान रुपमा चेकजाँच गरिएको प्रष्ट पारेका छन् ।

‘संविधानसभा बैठक कक्षभित्रै खुर्सानीको धूलो भेटिएकाले कुनै पनि अप्रीय घटना हुन-हुन नदिन पहिले नै साबधानी अपनाइएका हो’ सचिवालयका एक उच्च अधिकारीले भने ।

CA members Security checking (4)

हामीलाई नांगेझार पारियोः सापकोटा

यसैबीच एनेकपा माओवादीले संविधानसभालाई ब्यारेकमात्र नभई जेल नै बनाएको आरोप लगाएको छ । एमाओवादी नेता तथा सभासद अग्नि सापकोटाले संविधानसभा भवनलाई ब्यारेक र जेल बनाउन खोजिएको बताए ।

संविधानसभा भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै सापकोटाले भने-हाम्रा सभासदलाई कोट र स्वेटर सहितका लुगा समेत खोल्न लगाएर नांगेझार पारेर चेकजाँच गरिएको छ । संविधानसभालाई जेल नबनाउँ भनेर सभामुखलाई हामीले आग्रह गरेका छौं ।

सापकोटाका अनुसार एमाओवादी अध्यक्ष प्रचण्ड, नेता डा बाबुराम भट्टराई, मधेशी मोर्चाका बिजय गच्छदार उपेन्द्र यादव लगायतले सभाध्यष सुवास नेम्वाङलाई भेटेर यसप्रति आपत्ति जनाएका छन् ।

सत्ता पक्ष र प्रतिपक्षका सभासदबीच फरक व्यवहार गरिएको र डटपेन समेत बोकेर जान नदिइएको सापकोटाले बताए ।
उनले विपक्षी दलका सभासद बस्ने टेबुलको माइक समेत झिकिएको दाबी गरे ।

CA-members-Security-checkin

CA members Security checking (3)

CA members Security checking (6)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?