+
+

खुर्सानीविना भान्छा अड्किँदैनः चित्रबहादुर केसी

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ८ गते १६:५५

chitra bahadur kc८ माघ, काठमाडौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले खुर्सानी विना भान्छा नअड्किने बताएका छन् । संविधान लेख्न दलका नेताहरु असफल भए पनि नयाँ पुस्ताले संविधान बनाई छाड्ने केसीले बताए ।

संविधानसभाको बैठक सूचारु हुन नसकिरहेका बेला बाहिर निस्किएका नेता केसीले संविधानसभा परिसरमा पत्रकारसँग कुरा गर्दै ठूला राजनीतिक पार्टीको नियत नै ठीक नभएका कारण संविधान निर्माण अवरुद्ध भएको बताए ।

माघ ८ मा संविधान दिन नसक्नु जनतामाथिको ठूलो विश्वासघात भएको केसीले बताए । सहमतिको रटान धेरै वर्ष भएको उल्लेख गर्दै केसीले नेपाली जनताले अब सहमतिको कुरा नै सुन्न नचाहेको बताए ।

संविधानको अन्तरवस्तुमा विमति भए पनि संविधान जारी गर्नुपर्छ भन्नेमा आफ्नो पार्टी रहेको उनले बताए । अल्पमतको लाचार छायाँले गर्दा संविधान आउन नसकेको केसीको भनाई थियो ।

कान समातेर उठबस गरौं

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले समयमा संविधान दिन नसकेकोमा जनताका अगाडि कान समातेर उठबस गर्नु पर्ने बताए । कुनै पनि जालझेल नगरी कान समातेर उठबस गर्नुको विकल्प नभएको केसीले बताए ।

संघीयताले नै संविधान जारी गर्न नसकिएको उल्लेख गर्दै केसीलेे घाँटीमा अड्किएको हड्डी नै संघीयता भएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?