९ माघ, काठमाडौं । ८.५ मेगावाट विद्युत उत्पादन क्षमताको अपी हाइड्रोपावर कम्पनीले दार्चुला र बैतडीका स्थानीय बासिन्दाका लागि माघ १९ गतेबाट १० लाख कित्ता सेयर जारी गर्ने जनाएको छ ।
स्थानीयलेे न्युनत्तम ५० कित्ता र अधिकत्तम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । सेयर निस्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट्स रहेको कम्पनीको सेयर छिटोमा फागुन चार गते र ढिलोमा २४ गतेसम्म खुल्ने जनाइएको छ ।
स्थानीयले जनता बैंकको गोकुलेश्वर र खलंगा शाखा, टुरिजम डेभलपमेन्ट बैंक र एनसीसी बैंकको बैतडी गोठलापानी शाखा र अपिको परियोजना स्थल दार्चुलाको देथलाबाट आवेदन दिन सक्ने सञ्चालक सञ्जिब न्यौपानेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4