१२ माघ, काठमाडौं । नाइजेरियाका सुरक्षाकर्मीहरु मैदुगुरी क्षेत्रबाट बोकोहराम विद्रोहीहरुलाई धपाउन सफल भएका छन् । विद्रोही बोकोहराम लडाकुहरु सीमा क्षेत्रबाट मैदुगुरी शहर छिर्न खोजेपछि सरकारी सुरक्षाकर्मीसँग भिडन्त भएको थियो ।
लामो समयको भिडन्तपछि बोकोहराम सो स्थानबाट भागेको सेनाले जनाएको छ । अहिले सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ । राष्ट्रपति गुडलक जोनाथनले शनिबार मैदुगुरी क्षेत्रको भ्रमण गरेर फर्के लगत्तै दोहोरो भिडन्त सुरु भएको थियो ।
इस्लाम राज्यको माग गर्दै बोको हरामले सन् २००९ देखि सशस्त्र संघर्ष गर्दै आएको छ । उसले सन् २०१३ देखि मैदुगुरी शहर नियन्त्रणको प्रयास जारी राखेको छ । नाइजेरिया सेना र बोको हरामबीच भएको भिडन्तमा हजारौं व्यक्तिको ज्यान गैसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4