+
+
Shares

‘प्यास के हो ?’ (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १४ गते ९:२१

tiger-the-real-hero
शुक्रबारबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘टाईगर द रियल हिरो’को ‘प्यास के हो’ बोलको गीत सार्वजनिक गरिएको छ ।

शंकर गिरी र काजोज गिरीको निर्माणमा तयार भएको यो चलचित्रलाई राजु गिरीले निर्देशन गरेका हुन् । चलचित्रमा सुशान्त कार्की, शुभेच्छा थापा, अशोक फुयाँल, समिक्षा अर्याल लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा अर्जुन पोख्रेलको संगीत, रोशन श्रेष्ठको एक्सन, रामजी लामिछानेको नृत्य, क्रान्ती केसीको सम्पादन, मुकेश हुमागाँइको छायांकन छ । शुभेच्छा इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको यो चलचित्रले प्रेम, धोका, कमेडी र एक्सनको कथा भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?