Comments Add Comment

महिन्द्रा स्करपियो बर्षकै उत्कृष्ट स्पोर्टस् गाडी घोषित

scorpio
स्पोर्टस युटिलिटी भेहिकल (एसयुभी) सेगमेन्टमा अग्रणी महिन्द्रा मोटरको उत्पादन ‘स्करपियो’ गाडीले सन् २०१५ का लागि उत्कृष्ट एसयुभीको ताज जितेको छ । नेपाली बजारमा निकै लोकपि्रय यो गाडीले हालै भारतमा सम्पन्न ‘ब्लुमबर्ग टीभी अटोकार इण्डिया अवार्ड २०१५’ मा ‘एसयुभी अफ दि इयर’ उपाधि जित्न सफल भएको हो ।

स्करपियोले करिव एक दशकदेखि एसयुभी सेगमेन्टमा एकछत्र बर्चश्व कायम गर्दै आएको छ । यो बर्ष बजारमा आएका अन्य एसयुभी गाडीले पनि महिन्द्राको यो बर्चश्व तोडन सकेनन् जसले गर्दा उत्कृष्ट एसयुभीको ताज स्करपियोले पायो ।

महिन्द्राले पछिल्ला बर्षमा कम्प्याक्ट एसयुभी सेगमेन्टमा ‘एक्सयुभी’ गाडी ल्याएको भए पनि बहुसंख्यक उपभोक्ताको रोजाईमा स्करपिया नै परेको छ । महिन्द्रा भारतको तेस्रो ठूलो मोटर उत्पादक कम्पनी हो ।

भारतको अग्रणी अंग्रेजी बिजनेस न्यूज च्यानल ब्लुमबर्ग टीभी र अटो म्यागेजिन अटोकारको संयुक्त आयोजनामा यो अवार्ड प्रदान गरिएको हो । सन् २००२ मा सुरु भएको अटोकार अवार्ड बिज्ञ समूह र ग्राहकको मतका आधारमा हरेक बर्ष प्रदान गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment