१५ माघ, काठमाडौं । भारतीय विदेश सचिव सुजाता सिंहलाई हटाइएको छ । उनको स्थानमा अमेरिकाका लागि भारतीय राजदूत रहेको एस जयशंकरलाई ल्याइएको छ ।
सुजाता सिंहको कार्यकाल करिव ६ महिना बाँकी थियो । तर, प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको क्याबिनेटको नियुक्तिसम्वन्धी समितिको बैठकले उनलाई हटाउने निर्णय गरेको थियो ।
सुजाता सिंहलाई हटाएर भारतीय विदेश सचिवमा एस जयशंकरलाई नियुक्त गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4