Comments Add Comment

फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य सुरू

१६ माघ, इलाम । जिल्ला निर्वाचन कार्यालयले फोटो खिच्न छुटेका मतदाताका लागि शुक्रबारदेखि पुनः फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु गरेको छ ।

कार्यालयले आठ जना दर्ता कर्मचारी नियुक्ति गरी विगतमा छुटेका, १८ वर्ष पुगेका, विदेशबाट फर्केका मतदाताका लागि नामावली सङ्कलन सुरु गरेको हो ।

कार्यालयले प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको अध्यक्षतामा बिहीबार जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दल, सञ्चारकर्मी, सुरक्षाकर्मीसहितको बैठक आयोजना गरी नामावली कार्य सुरु गर्ने जनाएको हो ।

मतदाता नामावली सङ्कलन अवधिमा राजनीतिक दलले आ–आफ्नो कमिटीमार्फत सहयोग गर्ने र छुटेका मतदातालाई फोटो खिचाउन अनुरोध गरी सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

इलामको दक्षिणी महमाई गाविसबाट सुरु हुने नामावली सङ्कलन कार्य चैत पहिलो साता सम्पन्न हुने जिल्ला निर्वाचन अधिकृत प्रेम काफ्लेले जानकारी दिए । प्रत्येक गाविस र नगरपालिकाको एउटा वडामा मा दुई दिन मतदाता नामावली सङ्कलन गरिने र मतदाताको फोटो खिचाइने जनाइएको छ ।

४३ गाउँ विकास समिति र तीन वटा नगरपालिका रहेको यस जिल्लामा दुई महिना लाग्ने निर्वाचन कार्यालयले जनाएको छ । पटक–पटक मतदाता नामावली सङ्कलन गरे पनि विदेश गएका, अटेर गरेर बसेका र उमेर नपुगेका गरी करिब १८ हजार अझै पनि छुटेको अनुमान गरिएको अधिकृत काफ्लेले जानकारी दिए ।

नामावली सङ्कलनका लागि गाविस सचिव र सामाजिक परिचालकमार्फत गाउँमा व्यापक अभियान सुरू गरिएको निर्वाचन कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment