१८ माघ, काठमाडौं । १० अर्ब दिए एमाओवादीले आन्दोलन रोक्छ भन्ने एमाले अध्यक्ष केपी ओलीको दाबीबारे जवाफ दिन एमाओवादी अध्यक्ष प्रचण्डले आफूलाई लाज लागेको बताएका छन् ।
पार्टी केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सञ्चारकर्मीहरुले ओलीको आरोपबारे प्रचण्डलाई प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले यस्तो वाहियात भनाइबारे कुरा गर्न लाज लागेको बताए । उनले भने-‘नेपालमा यस्ता पनि मान्छे नेता भएका छन् र अझ अहिले यो देशकै ठेकदार हुँजस्तो गरेका छन् ।’
भिडियो हेर्नुहोस्-
प्रचण्डले अघि भने-यसको जवाफ दिन मैले आवश्यक ठानेको छैन र जवाफ दिनु आफैंलाई कता-कता तलतल खस्या जस्तो लाग्ने भएको छ ।’
बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेको निर्णय अनुसार सहिद तथा वेपत्ता परिवारलाई २ लाख दिने निर्णय कार्यान्वयनसहितको माग राखेर संसद अवरुद्ध परिएको भन्दै प्रचण्डले यसलाई माओवादीले पैसा खाएको भनेर प्रचार गर्नु नेपालीकै अपमान हुने बताए ।
शनिबार पार्टीसम्वद्ध नेपाल उत्पीडित जातीय मुक्ति समाजको बैठकमा एमाले अध्यक्ष ओलीले एमाओवादी पैसामा बिक्ने पार्टी भएको आरोप लगाएका थिए ।
२ अर्ब ३ करोड दिँदा संसदको अवरोध हटेको भन्दै ओलीले ५/१० अर्ब दिए संविधानसभा खुल्ने र माओवादीले आन्दोलन पनि नगर्ने दाबी गरेका थिए ।
प्रतिक्रिया 4