दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो बहुप्रतिक्षित ग्यालेक्सी सिरिजको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस-६’ आउँदो दुई महिनाभित्रमा सार्वजनिक गर्ने भएको छ ।
समाचार अनुसार स्मार्टफोन जाइन्ट सामसुङले मार्च महिनाको अन्त्यसम्ममा एस सिक्स लन्च गर्नेछ ।
यद्यपि सामसुङले यस विषयमा आधिकारिक रुपमा केही बताएको छैन । तर, सुत्रहरुका अनुसार मार्च २ देखि ६ तारिखसम्म हुने मोबाइल वल्र्ड कंग्रेसमा सामसुङले ग्यालेक्सी एस सिक्स सार्वजनिक गर्ने र त्यसको केही समयपछि बजारमा ल्याउने दाबी गरिएको छ ।
एक वर्ष अगाडि अघिल्लो वर्षको मार्चमा लन्च भएको ग्यालेक्सी एस फाइभ भन्दा यो नयाँ स्मार्टफोन केही एडभान्स्ड हुने बताइएको छ । एस फाइभले सोँचे मुताविक सफलता प्राप्त गर्न नसकेपछि सामसुङले त्यसको ६ महिनापछि नै मेटालिक बडी भएको ग्यालेक्सी अल्फा स्मार्टफोन ल्याएको थियो ।
सामसुङको आउन लागेको एस सिक्समा समेत मेटालिक बडी हुनेछ । यसमा टू के (१४४० गुणा २५६० पिक्सेल) को डिस्प्ले लगायतका फिचर्स रहने समाचार यस अघि नै आइसकेको छ ।
सुत्रहरुका अनुसार ग्यालेक्सी एस सिक्समा केही घुमेको (कर्भ्ड) स्क्रिन बनाउने विषयमा समेत सामसुङले गृहकार्य गरिरहेको छ ।