Comments Add Comment

शरीरभित्र पनि घुस चल्दोरहेछ, मुटुदेखि पाइतालासम्म

वसुधा नेपाल पोखरेल

अनलाइनखबरले मेरो पहिलो दिल्ली डायरी पब्लिस गरेछ । प्रतिकृयाहरु पढ्दै थिएँ । थुप्रै प्रतिकृया, केही इनबक्समा, केहीभाइबरमा, केही फोनमा, केही आर्टिकलमै ।

Basydha Nepal  (5)

त्यति धेरै मानिस रुवाउनु मेरो उद्देश्य पटक्कै थिएन । तर भएछ । त्यसका लागि माफी चाहन्छु ।

कतिले ‘यु आर रिअल्ली ब्रेभ’ भन्थे । किन लुकाउनु र आफुलाई भएको कुरा । अरुले पनि पढेर अलिकति भए पनि राहत होस्, ‘आइ एम नट वन्ली अलोन’ सोच्नु जस्तो लाग्थ्यो मलाई । मनै त हो, कैले काहिँ के के सोच्छ, कैले फेसबुकमा त्यतिकै लेखीबस्थे ।

एकदिन मेरो मिल्ने साथीले मलाई म्यासेज पठायो, ह्वाइ यु आर कलेक्टिङ सिम्प्याथी फ्रम पिपल ? आइ सेड, नो, आइ एम नटकलेक्टिङ सिम्प्याथी, साथी । … सोचें शायद माया लाग्यो होला, उस्लाई पनि मेरो, आखिर साथी त हुँ नि उसको ।

दिल्ली डायरीपछि फेरि अर्को दिन कैलाशजीकोमा रिङ्ग बज्यो कोही मसँग बोल्न खोज्दै थियो । मेरो स्कुलकी साथी रहिछे,चुन्नु । फोनमा त्यो दिन उ धेरै रोई । मेरो आर्टिकल पढ्नै सकिन छे । मजस्तै भको रहेछ उस्लाई पनि । उसको पीडा बेदना रबाध्यता सुन्दा मलाई साह्रै नमीठोसँग मुटु चिमोटियो ।

मैले भनें, छोरीहरु राम्ररी पढाउ, त्यसपछि मैले सक्ने सहयोग म गरुम्ला ।

फेरि प्रतिकृयामै आँखा गयो मेरो र मनमा लाग्यो :

सजिलो हुँदैन पल पल अस्पतालमा बिताउन ।
रहर हुँदैन जिन्दगी बिदेशमा उपचार गराउन । ।

थुप्रै दुख कस्टहरु भोगिरहेका छौं दिल्ली बसेर उपचार गराउँदा हामी नेपालीले । म चाहन्छु नेपालमै फुल इक्युप्ड विथ गूड म्यानेजमेन्टको क्यान्सर अस्पताल होस् ।

लामो समय घरबार छोडेर परदेसिनुपर्छ, त्यसैले बिरामीले अस्पतालको वरिपरि बस्न सक्ने ‘लो कस्ट रेन्टल हाउस’को ब्यवस्था पनि साथमै मिलाउनुपर्छ । चाहे त्यो प्राइभेट सेक्टरले किन नहोस् ।

अंकितलाई टीका लगाएर आशिर्वाद दिनेबेलामा एक्कासी मुटुमा गाँठो परेर आयो । आँसु थामिएन । भक्कानिएँ। रोकिँदै रोकिएन नचाहँदा नचाहँदै पनि ।

नत्र दिल्ली रोहिणी सेक्टर -५ अस्पतालको वरिपरि गरिएको ब्यवस्थाबाट सिक्दा राम्रो हुन्छ नेपालले ।

असाध्य महँगो र लामो उपचारमा समय लाग्छ यो क्यान्सर रोगमा ।

आज अर्को एउटा प्रतिकृयामा झट्ट आँखा गयो, दिल्ली डायरीको । सरकारी कर्मचारी नै हुनुहुदोरहेछ, हामीजस्तै । मजस्तै कडाअनि महँगो रोग लागेको रहेछ । तर, उहाँको मन्त्रालयको मन्त्री तथा सो मन्त्रालयको टिमबाट निक्कै सहयोग पाउनुभएको रहेछ । मैले जवाफमा लेखें- तपार्इ भाग्यमानी हुनुहुँदोरहेछ । तपार्इको मानवीय सम्बेदना भएको मन्त्री र सहयोगी टिम भएको मन्त्रालय रहेछ । हामी त बिचरा … ।

म राजनीतिक ब्यक्तिसँग रगतको नाता भएको मान्छे पक्कै हुँ । त्यस्मा कुनै शंका छैन । तर, प्रोफेसनल्ली काम गर्ने कर्मचारीलाई फलानो पार्टीको भनेर फाल्ने, फेरि कसैले फलानोको फलानो भनेर फाल्ने । कति बायस !… मानवीय सम्बेदना भन्ने चिज हाम्रो देशका शक्तिशाली ब्यक्तिहरुसँग अलिकति पनि छैन ? भगवानले गरोस् उहाँहरुको परिवार, श्रीमती, बहिनीलाई । मेरोजस्तो रोग नलागोस् । सबैको जय होस् ।

जिन्दगी यस्तै हो दु:ख सुख, उतार चढाव भइरहन्छ, त्यसैले त यस्को नाम गतिशील जीवन हो, जस्ले चलायमान बनाइरहन्छजस्तो परिस्थितिमा पनि जसरी पनि ।

जिन्दगी लामो बाँच्ने त इच्छा पटक्कै होइन मेरो । मैले त्यो कामना गरेकी होइन । तर, स्वस्थ बाँच्ने इच्छा पक्कै हो ।

एउटा क्यान्सर पेसेन्टलाई जहिले पनि आफुभन्दा परिवारले बेहोर्नु परेको दुःखमा सबैभन्दा बढी पीडा हुन्छ । म अपवाद त पक्कै होइन ।

यो दिल्ली डायरीपछि केही अपरिचित मान्छे फोन नम्बर पत्ता लगाएर पनि मकहाँ आउनु भो । उहाँहरुको परिवारमा मलाई जस्तै भएछ र सल्लाह लिन आउनुभएको थियो । आफुले जानेको सही सल्लाह दिइयो ।

दिल्ली पुनः फर्कियौं, उपचार मात्र मेरो करिब एक बर्ष चल्छ अझै । राजिब गान्धीमा पुनः भर्ना भएँ । यसपटक मेरो आँखा पहिलाजस्तो चिम्लेर अस्पताल छिर्नु परेन । मन दर्हो मजबुत भै सकेको रहेछ । हेर्दा-हेर्दा जिन्दगी, कोही बालक, कोही टीनएजका । कोही कोही त यस्तो भएपछि बिहा गरेर बच्चा पाएर जिन्दगी बाँचिरहेका ।

…. क्या करेगी फिर नेपाल जाओगी ? डा डोवलले सोद्दै थियो । ‘नहीं कितना आना जाना करुं ? रहजाउङगी दिल्ली जेलमे ही ।

‘अरे ऐसी मत बोल’ शायद माया लागेछ बुढालाई । मेरो पिठ्यु सुम्सुम्यौदै भन्यो।

यसपटक सबै डाक्टरलाई फेरि भेट्नुपर्ने थियो । डाक्टर कपिल कुमारलाई भनें । लास्ट टाईम मिल नही पायी, बहोत वेट कि । मेरा नम्बर था न ? फोन क्यु नहीं कि ? मै सोची, आप बिजी हो बोलके ।

डाक्टर मेरे को बोल्दो, कैसे पता चलेगा कि मेरा क्यान्सरका कन्डिसन क्या है ? क्योरड हुवा कैसे पता चलेगा रिकरेन्स किचान्सेस ? पुरीतरह ठीक हुङगी या नही ?

…’३०% अभी भी रिस्क’ है ।

सोचें, के भयो र जिन्दगी ३०५ रिस्कमै पनि हाँसीखुशी बिताइदिन्छु ।

मेरो उपचार गर्ने डाक्टरहरु कपिल कुमार, सन्दिप मेहता, जुही अग्रवाल, डिसी डोवल, कुमार दीप दत , सुदिप श्रेष्ठ , एस के शर्मातथा सम्पूर्ण टिमप्रति आभार ब्यक्त गर्दछु । जस्ले आज मलाई यसरी आफ्नो कुरा सेयर गर्न सक्ने बनायो । ….र, त्यो अदृश्यभगवान, जसले मलाई समयमै जानकारी गरायो ।

Basydha Nepal  (6)

मलाई माया गर्ने मेरा आफन्त, घर माइती परिवारका सदस्य, मेरा प्रिय मित्रहरु मेरो घरसम्मै आएर, मेरो अफ्ट्यारो दिनहरुमापनि माया र हौसला दिइरहनुभो । सबैप्रति आजीवन आभारी छु ।

जिन्दगीमा मेरो जस्तो दुस्ख कसैले भोग्नु नपरोस भगवान सँग प्रार्थना गर्दछु ।

जिन्दगी कति सम्पन्न छ,
अभावको आभाश नहुन्जेल ।
जिन्दगी कति भरोशामय छ,
गाथमा साथ नछुटुन्जेल ।

दिल्ली डायरी- २

Basydha Nepal  (7)

२०१४ सेप्टेम्बर ४ मा भर्ना हुन प्रि स्केजुअल अनुसार राजिब गान्धी अस्पतालमा दिनभर कुर्दाकुर्दा बेड पाइएन । रातको ८ बजेतिर भर्ना लियो । एकमहिना आगाडिदेखि बुक गरेको थियो । तर, बल्लबल्ल एउटा सानो कोठा, ३ वटा बेड्, ठेलम ठेलमा । कोइ वाक वाक्, गर्दै थिए ।

असाध्य गार्हो भयो मलाई त्यो हेर्न र सुन्न एउटै कोठामा । बेड नपाएर बिरामीको चाप असाध्य धेरै प्रस्ट देखिन्थ्यो ।

ड्युटी डाक्टरले गलत डोज लेखेको कारण त्यो रात हेर्क्लोन सुरु गरिएन । भोलिपल्ट डाक्टर कुमार दीप आएर लेखेपछि मात्र सुरुभो ।

यसपटक छोरा अंकित हामीसँगै थियो । आफ्नो ड्याडीलाई उसले सघाउन पाएको थियो । भन्दै थियो, ममु मेरो पहिलो पसेन्टभैस्यो । भर्खर एमबीबीएसको परीक्षा सकेर आएको, मेडिसिनको डोज सिरियसली हेर्दै थियो उसले ।

कैलाशजी, म, बाबु अनि रोहित थियौं दिल्लीमा । म बिरामी भएका बेलादेखि नै रोहितले टाइम टाइममा खाना पकाएर खुवाउनेअरु सबै कुरामा हामीलाई सहयोगी भएर सघाइरह्यो ।

असाध्य मोनोटोनस भएको थियो दिल्लीको दुर्इ महिने यो बसाइ । भावना, भावुकता, आँशु, पीडाको दैनिकी सधैँ झैंचलिरहन्थ्यो ।

डा. डोभलले नेपालमा बाँकी केमो डा. सुदीपलाई रेकोमेन्ड गरे अनुसार हामी ग्लेन्स्टिम लिएको भोलिपल्टै कैलाशजी, अंकित,रोहित र म इन्दिरा गान्धी एअरपोर्ट गयौं । डाक्टरको सर्टिफाइड लेटरका साथमा हरर्क्लोन र अरु औषधि पनि थियो । तर, पनि एअरपोर्टमा सार्है दिक्क लगाए कर्मचारीले । कैले के, कैले के सोधेर । चेक इन गर्न गएँ । मेटल डिटेक्टर लिएर चेक गर्न आर्इ ।मैले ‘अभी अभी मेरा ओपेरसन हुवा है , म्यानुअल्ली चेक करो न भनें’ (हिलिङ राम्ररी भै सकेको थिएन) ।

अपवाददेखि बाहेक पुलिसहरु स्वभाबले बोल्नमा अलिक रुड नै हुन्छन् । कहाँ अपरेसन किया है ? दिखाओ भनी, मेरो कुरा नपत्याए जस्तो गरेर । मैले पनि खोलेर देखाइ दिएँ । दायाँ ओर क्या है भनी । मैले किमो पोर्ट (स्किन भन्दामाथि अलिक उठेकोथियो) लगाया है भनें । थाहा रहेनछ उसलाई त्यो बारेमा । पत्याइन र उसको हाकिमलाई सोध्न गई । एकछिनमा अर्को सानोमेसिनले चेक गरेर छोडी मलाई ।

मन खुशी त कहाँ थियो र ? तर, छोरा पनि साथै भएकाले यताउति गरेर सबै बिर्सिन खोजिरहेकी थिएँ ।

ल्यान्ड गर्यो प्लेन । ठूलो भाउजू आइपुग्नुभएको रहेछ । सबैजना बानेश्वर गइयो । घरमा देवर-देउरानी कल्पना र प्रकाश बाबु आउनुभएको रहेछ । ताल्चाको भरमा रहेको हाम्रो घर प्रकाशबाबुले नै रेखदेख गरिदिसिन्थ्यो ।

भोलिपल्ट बिहानै पशुपति दर्शन गर्न जान मन लाग्यो । पुलिसले बिरामी भनेपछि सिधै दर्शन गर्न जान दिए । बिनोद दाजु, अन्जना भाउजु सरोज दाजु भेट्न आइपुग्नु भएछ घरमा ।

९९ बर्षका मेरा बुवा मंगलकुमार नेपाललाई मेरो बिमारको बारेमा भनिएको छैन । दिउँसो बुवालाई भेट्न कोटेश्वर पुग्यौं । दर्शन गरेपछि -नानी, धेरै दिनपछि आयौ तिमी, भन्नु भो । बुवा कान कम सुन्ने हुने भएकाले मैले लेखेर भनें -बुवा, म र ज्वाइँ नेपाल बाहिर थियौं, त्यसैले आउन ढिलो भयो, बाबु पनि डाक्टरको फाइनल जाँच सकेर आएको । बुबाले लेखेको पढ्नुभयो र मुसुक्क हाँस्नुभो । अनि नातिलाई आशिर्वाद दिनुभो ।

Basydha Nepal  (4)

आफन्त, छर-छिमेक, साथी-भाइ आउने क्रम जारी नै थियो । सकेको बेला बोल्थें, नसक्दा सुतिरहन्थें । कोही आउँदामलार्इ राम्रै देख्नु हुन्थ्यो, खुशी भएर फर्किनु हुन्थ्यो । कोही असाध्य गार्हो भएका बेला आइपुग्नुहुन्थ्यो र रुँदै, नराम्रो मानेर फर्केको म हेरिरह्न्थें ।

कमजोरी दिन प्रतिदिन बढदै थियो । दशैं दैलोमै आइसकेको थियो । म भने न त केही काम गर्न सक्ने, न त बाहिर जान सक्नेस्थितिमै थिएँ

सबैभन्दा नजिकको अनि रमाइलो गर्ने मेरा छिमेकीहरु आउँदा हाँसेर गफ गर्छु भन्ने थियो । सकिँन, नराम्रो लाग्यो । साथीहरु आइरहन्थे, रमाइलो गर्थे मलाई ।

म २५ सेप्टेम्बरमा ॐ होस्पिटल भर्ना भएँ । सिस्टर बिद्या पाठकले किमो पोर्टमा इन्जेक्सन लाउनुभो । मिक्सिङ गर्ने रामजी हुनुहुँदोरहेछ । सबैले आ-आफ्नो डिउटी एकदम राम्ररी गर्नुभयो । खुसी भएँ म ।

सेप्टेम्बर २६ मा मलाई हेर्न ठुल्दाजु (माधवकुमार नेपाल) आइपुग्नुभो । डाक्टर सुदीप आफ्नो टिमसहित दाजुलाई भेट्न आइपुगे । डा. सुदीप आफ्नो टिमलाई साथमै लिएर हिँड्ने बानी मलाई मनपर्यो । उहाँले आफ्ना टिमका सबैलाई परिचय गराउनुभो । दाजु, कैलाशजी र बाबु साथै थिए ।

Basydha Nepal  (8)

डाक्टर ब्रिफ गर्दै थिए, आफुहरुले हरीसिद्दिमा क्यान्सर अस्पताल खोल्न लागेको र त्यहाँ आवस्यक पर्ने उपकरण्हरुको बारेमा । कुराकानीकै क्रममा रेडिएसन मसिन अति महँगो तर, क्यान्सर अस्पतालका लागि आवस्यक रहेको कुरा थाहा पाएँ । कुन किसिमले हुन्छ, नेपाल सरकारले त्यो ल्याउन सहयोग गरे क्यान्सर पेसेन्टले काठमाडौंमै सेवा पाउँथे जस्तो पनि लाग्यो ।

दाजुले ‘हाउ इज सि’ भन्दा ‘सि इज टोलोरटिङ वेल’ भन्दै थिए सुदिप ।

फर्किँदा फेरि पशुपति दर्शन गर्न मन लाग्यो, बाबु र कैलाशजीले हाथ समात्दै लगे । बिरामी भएकाले पुलिसले जान दिए । धन्यवाद भनेर दर्शन गर्दै घर फर्कें ।

१७ अक्टुबर घट्स्थापनाको दिन पुन भर्ना भएँ । हाउ आर यु ? टोलोरटिङ डाक्टर (हरक्लोन चढदै थियो) मोबाइलको घन्टीबज्यो । बालुवाटारबाट अतुलजीको नम्बर । हलो बसुधाजी, प्रधानमन्त्रीज्युले कुरा गर्न खोज्नु भा’छ । हुन्छ दिनुस भनें ।

Susil-koiralaबसुधाजी कस्तो छ तपार्इलाई रु जवाफमा प्रधानमन्त्री ज्यु नमस्कार, म त अस्पतालको बेड्मा छु हजुर । कस्तो भनुम हजुरलाई खोइ ? हजुर आफैलाई पनि यसको पीडा थाहा छँदैछ । अरु पनि कुराहरु भए प्रधानमन्त्री शुशील कोइरालाज्युसँग ।

सार्है खुशीलाग्यो उहाँको फोन पाएर । शायद उहाँ आफै क्यान्सर पसेन्ट भएकाले उहाँले मानवीय सम्बेदनासहित मलाई केही आश्वासन दिनुभएको थियो र म एकदम आशावादी भएकी थिएँ, त्यो दिन ।

कमजोरी दिन प्रतिदिन बढदै थियो । दशैं दैलोमै आइसकेको थियो । म भने न त केही काम गर्न सक्ने, न त बाहिर जान सक्नेस्थितिमै थिएँ । झापाबाट ससुरा बुवा हेमराज पोखरेल हामीलाई टीका लगाइदिन काठमान्डु आउने भयिस्यो । असाध्य खुशी भएँ म ।

एकातिर पेन सुरु भैसकेको थियो । अर्कोतिर दशैं । मेरो अनुहार मलिन देख्दा सबैलाई चाडपर्व नै खल्लो हुने । पेनकिलर सुरु गरें। बसीबसी टीकाको सबै मिलाएँ, देवरकी छोरी पिन्कु र म भएर ।

बिरामी मान्छे, नसुतेर किन काम गरेको भनेर भन्दैहोइसिन्थ्यो बुवा । टीका सुरुभो । आमाजू, मन्दिरा भिनाजु दिज्यू पनि आइपुगिस्यो । बुवा, देवर, देउरानी पनि सँगैभएकाले दशैं रमाइलो थियो ।

अंकितलाई टीका लगाएर आशिर्वाद दिनेबेलामा एक्कासी मुटुमा गाँठो परेर आयो । आँसु थामिएन । भक्कानिएँ। रोकिँदै रोकिएन नचाहँदा नचाहँदै पनि ।

Basydha Nepal  (1)

९९ बर्षीय मेरा बुवा र दाजु भाउजूसँग टीका लगाउन माइती कोटेश्वर गयौं हामी तीनै जना । भिडाम भिड थियो । केमो दिएको८-९ दिन मात्र भएकाले इन्फेक्सनबाट जोगिनु पर्ने । तर, सबैलाई थाहा भएकाले, कोठा खाली गर्दिनु भो र टीका लगायौं ।

टीका लगाइरहँदा भाउजू भावुक हुनुभएको उहाँको आँखाबाट झल्किन्थ्यो । मचाहिँ कतै पनि उदाश मुहार नलाउने कोसिसमा थिएँ ।

झापादेखि मेरी नन्द रमा नानु आइस्या थियो मलाई भेट्न । रमाइलो भइरहेको थियो । यसपटक सबै परिवारसँगै थियौं ।

Basudha nepal family after Tika

नोभेम्बर ६, २०१४ मा ममु मेरो रिजल्ट भयो, पास भएँ …. बाबु आफ्नो कोठाबाट आएर हामीलाई भन्दै थियो । कति खुशी लाग्यो छोराको सफलतामा । २ महिनासम्म हामीले उस्लाई मेरो बिमारका बारेमा ढाँटेको परिणाम सफल निस्क्यो ।

ममु रोयो कि ड्याडीलाई बोलाइहाल्थ्यो आत्तिएर । कैलाशजीले त यो अवधिभरि मलाई एक्छिन पनि नछोडि मसँगै बस्नुभएको छ । ‘तिमीलाई पुरै ठीक भएको दिन त म मनभरि रुन्छु, मलाई भक्कानो छोडेर रुन देउ है भन्छन कैलाशजी मलाई।’

मेरा परिवारका सदस्यहरु मलाई हाँसी खुशी राख्न प्रयासरत हुन्थे सधैभरि । भदाहाले एमबीबीएस पास गरेको खुशीमा रमानानुले दरवार मार्गमा डिनर लगिस्यो, रमाइलो सँग बित्यो आजको दिन पनि ।

‘अन्जना भाउजूले घरमा बोलाउनुभा’को थियो । संगीतको सरलाई पनि बोलाउनुभा’रहेछ । हार्मोनियमको तालमा गीत संगीतले घर गुन्जायमान थियो । सँगै बसेर गाएँ पनि । सबैभन्दा रमाइलो ठुल्दाजुलाई त्यसरी धुनसँगै गीत गाएको कहिल्यै सुनेकी थिइँन । मसँगै गाउँदै हुनुहुन्थ्यो ।

….लाग्थ्यो सबैको चाहना म खुशी भैरहनु छ कि जस्तो ।

या त ठुल्दाजु नारायणगोपालको गीतजस्तै यति चोखो यति मिठो दिउँला तिम्लाई माया भनेर आफ्ना बिगत दिन भाउजूसँगको सम्झिदै हुनुहुन्थ्यो, या मैले गाइरहेको ‘सोचे जस्तो हुन्न जीवन, सम्झेजस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन’ सुनेर गुनगुनाउँदै बहिनीको दु:खलाई भित्रभित्रै अनुभूत गरिरहनु भएको थियो ।

छेउमा मेरा माल्दाजु र सान्दाजु आफ्नै दुनियाँमा मस्त थिए । मचाहिँ भित्रै छिरेकी थिएँ त्यो रात गीत संगीतको ।

दिनहरु बित्दै थिए गार्हो सजिलो गर्दै । कमजोरीले साम्राज्य जमाइसकेको थियो । प्रत्येक किमोको असर जोडिँदै जोडिँदैजाँदोरहेछ पछिसम्म । जति पछि उति गाल्दोरहेछ । नहोस् पनि किन ? शरीरभरि विष पठाइएको थियो । भर्याङ्ग चढ्नअसाध्य गार्हो हुने ।

सोध्दा, पढ्दा थाहा भयो, शरीरमा रगतको मात्रा किमोको कारणले, भएको रगत पहिले हर्ट, ब्रैन अनि बाँकी भएको मात्र हातखुट्टामा पठाउँदोरहेछ । यो सुनेर त लाग्यो, शरीरभित्र पनि पो रिश्वत ९घुस० चल्दो रहेछ, मन्त्रीदेखि कन्स्टेबलसम्म, मुटुदेखिपाइतालासम्म पावर अनुसार ।

खाना पटक्कै रुची नाइ । तर, पनि शक्ति त चाहियो नि यो शरीरलाई, कमसे कम हिँडडुल गर्न । पानीको घुट्कोले खाना निल्थें । प्लेटको खाना जसरी पनि पेटभित्र गएपछि लाग्थ्यो, त्यस्ले मलाई अब शक्ति नदिर्इ सुख पाउँछ रु आफैसँग बोल्थें, खुशीको भनौं कि दुःखको, आँसु पनि साथै रहन्थ्यो आँखामा । प्रत्येक छाकको खानापछि लाग्थ्यो, आज ठूलो युद्द जितें ।

साल्टरिसेप्टेर गएपछि शालिभा पनि शायद न बन्ने होला । अनि त ओहो, नुनिलो चिज खान कस्तो गाह्रो । कैले भातमा चिनी हाल्योअनि निल्यो, थोरै भए पनि चिप्लो भएर निल्न सजिलो । कहिले खिर, कैले सावुदाना, कैले दलिया, यस्तै थिए मेरा खाना ।

ब्यालेन्स डाइटका लागि साग, तरकारी, माछा मासु त जसरी नि खानै पर्ने । नत्र दुर्इतिर बाउ – छोरा डन्डा लिएर तयार ।

Basydha Nepal  (2)

प्रत्येक बिहान ब्लडप्रेसर जाँच्ने, फिवर जाँच्ने काम अंकितले नै गर्थ्यो नेपाल बसुन्जेल । हेर्क्लोन, किमोले पाइताला खुब पोल्ने, बाबुले लोसन लगाएर खुट्टा मिची दिन्थ्यो, कपडा चिसो बनाएर पाइतालामा लगाइदिँदा सन्चो हुन्थ्यो । असाध्य सेवा गर्‍यो दुई महिना नेपालको बसाइमा कतै नगएर ।

ममु रोयो कि ड्याडीलाई बोलाइहाल्थ्यो आत्तिएर । कैलाशजीले त यो अवधिभरि मलाई एक्छिन पनि नछोडि मसँगै बस्नुभएको छ । अफिससम्म पनि जान सक्नुभएको छैन । ‘तिमीलाई पुरै ठीक भएको दिन त म मनभरि रुन्छु, मलाई भक्कानो छोडेर रुन देउ है भन्छन कैलाशजी मलाई।’

कति कठिन दिनचर्या हुन यी हाम्रो जिन्दगीको । कल्पना गर्न सकिन्छ …’ जिन्दगी और कुछ भी नही, तेरी मेरी कहानी है’…खुब रुवाएको छ यो गीतले मलाई बेला बेलामा ।

यसपटक अस्पताल भर्ना हुँदा अलि उदाश नै थिएँ । मेरो देशको सिस्टम चलाउने ब्यक्तिहरुको अनुदारपन र बायसनेस देखेरअसाध्य दुखी भएकी थिएँ ।

डा. सुदिप र सिस्टर बिद्याले के नोटिस गरे कुन्नी, आज सन्चो छैन हो हजुरलाई भनेर सोद्दै थिए ।

कार्तिक १ मेरो जन्म दिन । बाबुले केक ल्याएर अस्पातलमै सिस्टरहरुसँग मनाइयो । संघारमै लक्ष्मी पूजा, भाइटीका । मेरोपरिवारको तीन पुस्ता हजुरबुवा छोरा र नाती मिलेर, पत्रेहरु पकाउँदै होइसिन्थ्यो । सबैजनाको साथमा घरमा लक्ष्मी पूजा गरियो । यसपटक मेरी माहिली दिदी इन्दिरा न्यौपानेकोमा भाइटीका । आमाले उहिलेदेखि पालो लाइदिनु भएको एक बर्ष बसुकोमा, एकबर्ष इन्दिराकोमा ।

Basydha Nepal  (3)

दाजु बहिनी एकठाउँ भेला हुने, रमाइलो गर्ने त्यो चाड । उदाश भएर जाने कुरै आएन । पेनकिलर खाएँ । लुगा लगाएँ । कपाललगाएँ । अब कस्ले भन्थ्यो, मलाई भित्र यति गार्हो भएको छ भनेर रु कुपोन्डोल पुर्याइदिस्यो कैलाशजीले र उहाँ आफ्नो दिदीकोमा टीका लगाउन गैस्यो । भाइटीका गरियो । मिडियाहरु क्यामेरामा क्याप्चर गर्न मस्त थिए ।

मैले यसपटक दाजुहरुलाई सधै भन्दा बेग्लैखालको उपहार दिएँ, जुन मेरो जीवन पर्यन्त पनि सम्झना रहनेछ ।

दिल्ली, रोहिणी सेक्टर ५
१८ जनवरी २०१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment