Comments Add Comment

भुटान ट्राभल मार्टमा १४ कम्पनी सहभागी हुँदै

  १९ माघ, काठमाडौं । ‘एक्सप्लोर बियोन्ड टुरिज्म सेलिब्रेट हृयाप्पिनेस’ नारासहित भुटानको थिम्पुमा ‘पाटा एड्भेञ्चर ट्राभल एन्ड रेस्पोन्सिबल टुरिज्म कन्फरेन्स एन्ड मार्ट- २०१५’ आयोजना हुने भएको छ ।

मार्टमा प्यासिफिक एशिया ट्राभल एसोसियसन (पाटा) नेपाल च्याप्टर र १४ ट्राभल कम्पनीहरु सहभागि हुने भएका छन् । यही फ्रेबुअरी ४ देखि ६ तारिखसम्म मार्ट आयोजना हुँदैछ ।

नेपाली ट्राभल कम्पनीहरुका लागि मार्ट उत्कृष्ट मञ्च सावित हुने पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले विश्वास लिएका छन् । मार्टमा एशिया प्यासिफिक क्षेत्रका बायर्स र सेलर्सबीच ‘बि टु बी’ मिटिङ हुने बताइएको छ ।

यसले साहसिक पर्यटनको प्रवर्द्धन र बजारीकरण गर्न नेपाली ट्राभल व्यवसायीहरुलाई अनुभव दिलाउने छ । नेपाल टुरिजम बोर्डसँगको सहकार्यमा नेपाली ट्राभल कम्पनीहरु मार्टमा सहभागी हुन लागेका हुन् ।

मार्टमा एक्सप्लोर हिमालय, एपिक राइड्स, हिमालय होलिडेज, आइसफल एड्भेञ्चर, केजिएच ग्रुप अफ होटल्स, सांगि्रला होटल, टाइगर माउन्टेन नेपाल, एशिया एड्भेञ्चर एक्सकर्सन, बि्रक्स क्याफे, होटल पिस प्लाजा, माउन्ट कैलास रिसोर्ट, नेप्लिज एन्काउन्टर्स, प्याराडाइज क्याफे र रोयल माउन्टेन ट्राभल सहभागी हुन लागेको पाटा नेपाल च्याप्टलर जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment