Comments Add Comment

गुगलले दियो ह्याकरलाई १५ करोड पुरस्कार

Google
इन्टरनेट जाइन्ट गुगलले गएको वर्ष ‘ह्याकर’हरुलाई पुरस्कार स्वरुप झण्डै १५ करोड रुपैयाँ दिएको छ ।

गुगलले आफ्नो सेक्युरिटी रिवार्डस् प्रोग्राम अन्तर्गत सन् २०१४ मा २ सय जना ‘ह्याकर’ हरुलाई पुरस्कृत गरेको हो ।

वास्तवमा गुगलले कुनै कुख्यात वा विनाशकारी ह्याकरहरुलाई उनीहरुको खराब कामको लागि पुरस्कार दिएको भने होइन । गुगलको अनलाइन सेक्युरिटीका विषयमा भएका कमजोरी पत्ता लगाइदिने इन्टरनेट अनुसन्धानकर्ताहरुलाई उसले पुरस्कृत गरेको हो । समाचार अनुसार गएको वर्ष गुगलमा विभिन्न ५ सय वटा बग अर्थात कमजोरी फेला पारिएको थियो ।

गुगलका सेक्युरिटी इन्जिनियर इडुआर्डो भेला नाभाका अनुसार गुगलले एक जना शोधकर्तालाई गुगलको मुख्य सुरक्षा कमजोरी पत्ता लगाइदिए बापत सबैभन्दा धेरै डेढ लाख अमेरिकी डलर पुरस्कार प्रदान गर्नुका साथै गुगलको प्रोजेक्ट जेरो नामक परियोजनामा प्रशिक्षार्थी बन्ने अवसर समेत प्रदान गरेको छ ।

सन् २०१० मा सुरु भएको सेक्युरिटी रिवार्ड प्रोग्राम अन्तरगत गुगलमा बग पत्ता लगाइदिएर सुरक्षा मजबुतीमा सहयोग पूराउने ह्याकरहरु हालसम्म ४० लाख डलर भन्दा धेरै पुरस्कार दिइसकिएको गुगलले जनाएको छ । भविष्यमा यस्तो पुरस्कारको राशी अझै बढाउँदै लैजाने गुगलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment