Comments Add Comment

आइफोन एपको कमाइ हलिउडको भन्दा धेरै

apple-hollywood
आइफोन लगायत एप्पलका ग्याजेटमा डाउनलोड गर्न सकिने मोबाइल एपले गएको एक वर्षमा कति कमाइ गरे होलान् ? एक अध्ययनले गएको वर्ष सन् २०१४ मा हलिउड फिल्म उद्योगले अमेरिकामा गरेको कमाइ भन्दा एपस्टोरबाट सशुल्क डाउनलोड गर्न सकिने स्मार्टफोन एपले बढि रकम आर्जन गर्न सफल भएका छन् ।

आइट्युन्सबाट डाउनलोड गरिने एपले गएको वर्ष अमेरिकामा १० अर्ब डलर कमाएको तथ्यांकले देखाएको छ । जबकी हलिउडले गएको वर्ष अमेरिकी बजारमा १० अर्ब डलर कलेक्सन गर्न असफल रह्यो ।

गएको वर्ष एंग्री बर्डस् जस्ता मोबाइल गेम एप तथा फेसबुकको मोबाइल र्फसनले सबैभन्दा धेरै लोकपि्रयता हात पारेका छन् । यस अर्थमा एप निर्माताहरुले हलिउड स्टारले भन्दा बढि रकम कमाउन सफल बनेका छन् । अझ रोचक कुरा त के भने हलिउडले भन्दा एप उद्योगले बढिलाई रोजगारी दिन समेत सफल भएको छ ।

सन् २००८ देखि एप स्टोरको कुल आम्दानी २५ अर्ब डलर पुगेको छ र यो बढ्ने क्रममा देखिएको छ । एप्पलले आफ्नो आइट्युन्स सर्भिसबाट बेचेका एपहरुको तथ्यांकका आधारमा एसिम्को कम्पनीले गरेको अध्ययनले स्मार्टफोन एपको बजार तिब्र गतिमा बढ्दै गएको देखाएको हो ।

गएको वर्ष हलिउडमा गार्जियन अफ ग्यालेक्सी, दी लेगो मूभी तथा हबिट फिल्म जस्ता हिट फिल्महरु सार्वजनिक भएपनि एप उद्योग हलिउड भन्दा बढि स्वस्थ देखिएको छ ।

एंग्री बर्डस् गेम एपको निर्माता फिनिस कम्पनी रोभियो इन्टरटेनमेन्टले गएको वर्ष हलिउड स्टार टम क्रुजले भन्दा बढि रकम यो एपबाट मात्रै कमायो । एप स्टोरबाट एंग्री बर्डस् १ करोड २० लाख जनाले खरीद गरे ।

खासै हिट नभएका एपका निर्माताहरुले समेत हलिउडका सामान्य अभिनेता अभिनेत्रीले भन्दा बढि रकम कमाउने गरेको एसिम्कोले जनाएको छ ।

हलिउडका लागि सबैभन्दा बाँझो समय मानिने जनवरी महिनाको पहिलो हप्तामा मात्रै एप्पल प्रयोगकर्ताले आइट्युन्सबाट एप खरीद गर्नका लागि ५० करोड खर्च गरिसकेका छन् ।

एप्पलका अनुसार गएको वर्ष एप स्टोरबाट सबैभन्दा धेरै बिक्रि भएको एप माइन क्राफ्ट हो । यो गेम एपबाट प्रयोगकर्तारुले मोबाइलमै भर्चुअल संसार खडा गर्न सक्छन् ।

गएको वर्षका सबैभन्दा लोकपि्रय निशुल्क एपहरुको रुपमा भने फेसबुकको मेसेन्जर एप रह्यो । दोश्रो स्थानमा वाट्स एप र तेश्रो स्थानमा स्नापच्याट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment