+
+

सेल्फी खिच्न अब बेग्लै फ्ल्यास आयो

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २० गते १७:३०

ces-day-1-lenovo
स्मार्टफोनको प्रयोगसँगै मौलाएको सेल्फी कल्चर अब कल्चरमा मात्र सिमित नरहेर रिभोल्यनुस अर्थात क्रान्ति कै रुपमा अगाडी बढ्ने देखिएको छ । सेल्फी कल्चरमा अघिल्लो बर्ष थपिएको सेल्फी स्टिक ठूलो छलाङ सावित भयो । जसलाई बर्षकै उत्कृष्ट आविस्कारसमेत मानिन्छ ।

बढ्दो सेल्फी क्रेजकै कारण सवैजसो स्मार्टफोनले सेल्फी क्यामेराको क्षमता बढाइरहेका छन भने आर्कषक सेल्फी खिच्न नयाँनयाँ फिचरहरु पनि ल्याएका छन् ।

फ्रन्ट क्यामेराको क्षमता जति बढाएपनि पछाडीपट्टीको क्यामेराले खिचेजस्तो स्तरीय तस्वीर नआएको भन्दै प्रयोगकर्ताले गुनासो गरिरहेका थिए । जसले गर्दा सेल्फी लिंदा उपयुक्त प्रकाशको ब्यबस्था हुनु जरुरी मानिन्थ्यो ।

तर, अब प्रयोगकर्ताको यो गुनासो पनि समाधान गरिदिएको मोबाइल फोन निर्माता लेनेभोले सेल्फी फ्ल्यासको आबिस्कार गरेर ।

ces-day-1-lenovo 1

केही सातअघि अमेरिकामा सम्पन्न कन्जुमर इलेक्ट्रोनिक्स प्रर्दशनीमा पहिलोपटक सार्वजनिक गरिएको फ्ल्यास लाइट अब बजारमा ब्यबसायिक विक्रिका लागि तयारी अबस्थामा छ ।

हेर्दा आर्कषक देखिने गोलाकार यो फ्ल्यास लाइट जुनसुकै एन्ड्रोइड स्मार्टफोनमा जोडन सकिन्छ । जसले तपाइले सेल्फी लिने बेला लाइट दिने काम गर्ने छ । सेल्फीका लागि मात्र हैन फोनको पछाडी रहेको क्यामेराले तस्वीरु लिँदा समेत यो फ्ल्यास लाइट प्रयोग गर्न सकिन्छ ।

सानो आकारको यो फ्ल्यास मोबाइलको हेडफोन जोडने स्थानमा जोडन सकिन्छ । एकपटक चार्ज गरेपछि कम्तीमा एक सय तस्वीर खिच्न सकिने उत्पादक कम्पनीले जनाएको छ ।

सेल्फी फ्लासको आबिस्कारसँगै अब सोसल मिडियामा अपलोड हुने तस्वीर प्रकाश नमिलेका र अँध्यारो हुने छैैनन् । सेल्फी फ्ल्यास सेल्फी स्टीकजस्तै अब गेम चेन्जर बन्ने निश्चित छ ।

सवैभन्दा रमाइलो के छ भने यो डिभाइसको मूल्य केवल ३० अमेरिकी डलर अर्थात करिव ३ हजार नेपाली रुपैयाँ पर्ने छ ।

ces-day-1-lenovo-vibe-xtension-selfie-flash-0090.0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?