+
+
Shares

पूर्व राजपरिवारको सम्पत्ति खोज्न अभियान नै चलाइयो

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २० गते १८:०४

२० माघ, काठमाडौं । सरकारले पूर्व राजपरिवारको नाममा रहेको भौतिक सम्पत्ति खोजबिनको क्रमलाई तीव्रता दिएको छ ।

birendra-familyपूर्व राजपरिवारको भौतिक सम्पत्तिलाई एकीकृत रुपमा मुलुक र जनताको हितका लागि प्रयोग गर्न सरकारले नेपाल ट्रष्टको कार्यालयमार्फत अभियानात्मक रुपमा काम अगाडि बढाएको जनाएको छ ।

ट्रष्टका सहसचिव प्रज्ज्वल शर्मा अर्यालका अनुसार हालसम्म २२ हजार ५१८ रोपनी जग्गा ट्रष्टको स्वामित्वमा आइसकेको छ । चालु आर्थिक वर्षमा पनि जग्गा खोजबिनको काम जारी रहेका कारण थप जग्गा प्राप्त हुने विश्वास लिइएको उनले बताए ।

धादिङ र नुवाकोटमा क्रमशः १५ हजार २७३ र १३ रोपनी थप जग्गा प्राप्त भएको सहसचिव अर्यालको भनाइ छ ।

यस्तै ट्रष्टको स्वामित्वमा हालसम्म विभिन्न बैंकमा रु २७ करोड ४५ लाख ५४ हजार नगद मौज्दात रहेको पाइएको छ । ट्रष्टको नाममा नबिल बैंक लिमिटेड, होटल डेला अन्नपूर्ण र नेपाल औद्योगिक विकास निगममा गरी हालसम्म एक लाख ८१ हजार ९४२ कित्ता सेयर रहेको छ । त्यसमध्ये नबिल बैंकको एक लाख ४४ हजार ४७२ कित्ता, निगमको छ हजार ७५० कित्ता, होटल अन्नपूर्णमा ३० हजार ७२० कित्ता सेयर छ ।

यसैगरी ट्रष्टको मातहत ल्याइएको जग्गा उपभोगसम्बन्धी गुरुयोजना तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ । सहसचिव अर्यालले हालसम्म ललितपुर, चितवन, हेटौँडामा सघन रुपमा सम्पत्ति खोजबिन अभियान नै सञ्चालन गरिएको तथा पोखरामा सार्वजनिक अन्तरक्रिया सम्पन्न भएको बताए ।

गत मङ्सिरमा ललितपुरमा सञ्चालन गरिएको सघन सम्पत्ति खोजबिन कार्यक्रममा गौदामचौर–१ मा वडामहारानी नारायणहिटी गुठीको नाममा आठ रोपनी १० आना तीन पैसा जग्गा थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?