२१ माघ, काठमाडौं । बेलायतको तल्लो सदनले तीन जना व्यक्तिको डिएनए प्रयोग गरी बच्चा जन्माउन सकिने सम्वन्धी प्रस्ताव पारित गरेको छ । माथिल्लो सदनबाट पनि यो प्रस्ताव पारित भएमा ३ व्यक्तिबाट बच्चा जन्माउन अनुमति दिने बेलायत विश्वको पहिलो मुलुक बन्ने छ ।
बेलायतको तल्लो सदन हाउस अफ कमन्समा २ महिला र १ पुरुषको डिएनए बाट वच्चा जन्माउने प्रस्तावमा मंगलबार मतदान भएको थियो । सो प्रस्तावको पक्षमा ३ सय ८२ र विपक्षमा १ सय २८ मत परेको थियो ।
अब माथिल्लो सदन हाउस अफ लर्डस्बाट यो प्रस्ताव पारित भए कानूनको रुप लिने छ । यसबाट खराब वंशाणुगत गुणका कारण बच्चा जन्माउन नसक्ने वा नचाहने महिलाहरुका लागि फाइदा पुग्ने बैज्ञानिकहरुले बताएका छन् ।
संयुक्त डिएनएलाई १ वर्षभित्रमा परिक्षणमा ल्याईने छ । यो प्रयोगबाट जन्मिने बच्चाले आफूलाई जन्म दिने आमा-बुवाको नाम लिनुपर्दा तीन जनाको नाम लिनुपर्नेछ ।
-एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4