Comments Add Comment

ट्रान्स एशियाको विमान दुर्घटना हुँदा आठको मृत्यु

TransAsia२१ माघ, ताइपेई । ताइवानमा ट्रान्स एशियाको कर्मशियल विमान एटीआर-७२ दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । विमान पुलमा टोक्किएर नदीमा खसेको हो । दुर्घटनामा आठ जनाको मृत्यु भएको पुष्टी भएको छ ।

दुर्घटनामा दश जना भन्दा बढी गम्भीर घाइते भएका छन् । विमानमा ५३ जना सवार थिए । दुर्घट्नास्थलमा उद्दार टोलीले उद्धार कार्यमा जारी राखेको छ ।

ताइवान सेन्ट्रल न्युज एजेन्सीको रिपोर्ट अनुसार विमान ताइपेइको किलंग नदीमा खसेको हो । ताइवानी मिडियाका अनुसार विमानमा जम्मा ५३ जना यात्रु सवार थिए ।

विमान फ्रान्समा निर्मित ट्वीन इन्जिनयुक्त प्रोपेलर एयरक्राफ्ट हो । स्थानीय समय अनुसार १०ः ५५ बजे फ्ल्याइट कन्ट्रोलबाट विमानको सम्पर्क टुटेको थियो ।

यसअघि सन् २०१४ को जुलाईमा ट्रान्स एशियाको विमान पेंघु द्विपमा अवतरणको क्रममा खराब मौसमका कारण दुर्घटना भएको थियो । सो दुर्घटनामा ४८ जनाको मृत्यु भएको थियो । घटनामा १० जनाको जीवितै उद्धार गरिएको थियो । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment