२३ माघ काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जेएमई रेमिट कम्पनीबीच विप्रेषण सेवा प्रदान गने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुखबीच कार्यकारी अधिकृत राजनसिंह भण्डारी तथा जेएमइका अध्यक्ष दिपेन्द्र जोशीले हस्ताक्षर गरे ।
सम्झौता अनुरुप विदेशमा रहेका नेपालीहरुले जेएमई रेमिटमार्फत पठाएको रकम नेपालमा रहेका ४७ वटै शाखाहरुबाट छिटोछरितो तथा भरपर्दो रुपमा भुक्तानी पाउन सक्नेछन ।
यसअघि पनि बैंकले सिटी एक्सपे्रस, रिलायवल रेमिट, यूनाइटेड रेमिट, सिजी फिन्को, प्रभु मनि ट्रान्सफर, बतास एशोसिएट्स, बेष्ट रेमिट, सिदार्थ ट्रष्ट रेमिट, पृथ्वी रेमिट, साम्सारा तथा आइएमईसँगको सहकार्यमा देशका विभिन्न ठाउँहरुमा विप्रेषण सेवा प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4