+
+
Shares

बार काउन्सिलका पार्षदमा दुई समूहको प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २३ गते १३:४०

२३ माघ, काठमाडौँ । नेपाल बार काउन्सिलका पाँच पार्षद्का लागि शनिबार हुने निर्वाचनमा पाँच विकास क्षेत्रमा प्रजातान्त्रिक कानुन व्यवसायी र बृहत् प्रगतिशील कानुन व्यवसायी समूह प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रजातान्त्रिक समूहबाट पूर्वाञ्चलमा हेमनारायण चौधरी, मध्यमाञ्चलमा अमितालक्ष्मी सैँजु श्रेष्ठ, पश्चिमाञ्चलमा मोहननाथ कोइराला, मध्यपश्चिमाञ्चलमा वीरबहादुर रोकाया र सुदूपश्चिमाञ्चलमा वरिष्ठ अधिवक्ता रमेशदेव भट्ट प्रतिस्पर्धामा छन् । यस्तै प्रगतिशील समूहबाट क्रमशः सुरेशलाल श्रेष्ठ, महेशकुमार नेपाल, गोविन्द पौडेल, अनिरुद्ध गिरी र पद्मराज शर्मा प्रतिस्पर्धी बनेका छन् ।

यसैगरी भरत खरेलले नेतृत्व गरेको अर्को प्रजातान्त्रिक समूहबाट पूर्वाञ्चलमा उद्धवचन्द्र घिमिरे, मध्यमाञ्चलमा देवेन्द्र झा र सुदूरपश्चिमाञ्चलमा भूपेन्द्रबहादुर विष्ट प्रतिस्पर्धी बने पनि पूर्वाञ्चलबाट प्रतिस्पर्धा गर्ने घिमिरेले चौधरीलाई समर्थन जनाउँदै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेको प्रजातान्त्रिक समूहका पूर्वअध्यक्ष यदुनाथ खनालले जानकारी दिए ।

पाँचवटै विकास क्षेत्रमा आठ हजार १ सय ४७ मतदाता रहेकामा मध्यमाञ्चलमा मात्र छ हजारभन्दा बढी मतदाता छन् । काउन्सिलका अध्यक्षमा महान्यायाधिवक्ता पदेन अध्यक्ष, नेपाल बार एसोसिएसनका अध्यक्ष पदेन उपाध्यक्षका साथै दुई पदेन पार्षदमा सर्वोच्च अदालतका रजिस्ट्रार र कानुन सङ्कायका डिन रहने कानुनी व्यवस्था छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?