२३ माघ, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा ए डिभिजन लिग च्याम्पियन मनाङले सिलगुडीको कञ्चनजंगा क्लब विरुद्ध गोलको वर्षा नै गर्यो । पहिलो हाफमा चार गोल गरेको मनाङले दोस्रो हाफमा तीन गोल थप्दै ७-० को जित निकाल्यो ।
पोखरा रंगशालामा भएको खेलमा मनाङले नवौं मिनेटमा शिव श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । ३१ औं मिनेटमा विशाल राई बीले गोल गरे भने ३८ औं मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै मनाङलाई ३-० को अग्रता दिलाए ।
खेलको ३९ औं मिनेटमा विशाल राई बीले ब्यक्तिगत दोस्रो गोल गरेपछि मनाङ पहिलो हाफमा ४-० को अग्रथा लिन सफल भयो ।
एक पक्षीय खेलको ४८ औं मिनेटमा मनाङका सुशील केसीले गोल गरे । ८८ औं मिनेटमा सुजलले व्यक्तिगत दोस्रो गोल गरे भने ९० औं मिनेटमा कृष्ण कुँवरले गोल गरेपछि मनाङ ७-० को जित हात पार्न सफल भयो ।
प्रतिक्रिया 4