Comments Add Comment

सेलीब्रेटीका हनिमुन पोज कस्ता-कस्ता ?

dhoniहनिमुन बिबाहित जोडीको एकदमै निजी क्षण मानिन्छ । बिबाहपछि एकअर्कालाई राम्ररी बुझ्ने अवसरका रुपमा लिईन्छ हनिमुन ट्रिप । तर, पछिल्लो समय हनिमुन ट्रीप फेसनजस्तै बनेको छ, जुन आफ्ना लागि भन्दा पनि अरुलाई देखाउनका लागि बढि केन्द्रीत हुने गरेको छ ।

त्यस्तो नहुँदो हो त श्रीमान श्रीमतिविच समुन्द्रमा डुबुल्की मार्दै गरेका तस्बिर सामाजिक संजालमा पक्कै सार्वजनिक गर्ने थिएनन् ।

‘टाईम्स अफ इण्डिया’ले हनिमुन तस्वीर सार्वजनिक गर्ने केही सेलीब्रेटीको सूची तयार पारेको छ । ति मध्ये कतिपयको श्रीमान श्रीमति स्वीमीङ पुलको छेउमा टुपीसमा उभिएको तस्बिर सार्वजनिक भएको छन त केहीले गालामा म्वाई खाँदै गरेको तस्बिर पनि सार्वजनिक गरेका छन् । हेरौं हलिउड र बलिउडका कलाकारले कहाँ गएर कसरी मनाएका रहेछन् हनिमुनः
क्रिकेटर महेन्द्र सिंह धोनी र साक्षी धोनीले बिबाह लगत्तै गोवामा हनिमुन मनाएका थिए । गोवाको विभिन्न सुन्दर ठाउँ घुम्ने क्रममा समुन्द्रमा डुबुल्की मार्दै गरेको तस्बिर सार्वजनिक भएको थियो ।

मान्यतासँग बिबाह गरेपछि अभिनेता सञ्जय दत्त हनिमुनका लागि बैकक पुगेका थिए । घुमघामका क्रममा मान्यताले सञ्जयको गालामा चुम्बन गरेको तस्वीर पनि सार्वजनिक भयो ।

बिकनी पोज भाइरलUntitled-1
डेभिड र भिक्टोरिया बेकह्यामको बिकनी पोजको तस्बिर ईन्टरनेटमा भाइरल बनेको थियो । रियालीटि शो स्टार किम कार्दाशीनि र उनका पूर्वपति किरिस हम्पफीरिसले स्वीमिङ पुलको छेउमा बसेर चुम्बन गरेको तस्बिरले पनि निकै चर्चा पाएको थियो ।

आकर्षक फिगरकी किम अर्धनग्न अवस्थामा श्रीमानसँग जिस्कँदै गरेको विभिन्न पोजका तस्बिर सार्वजनिक भएका थिए ।

बिबाह लगत्तै युरोप भ्रमणमा गएका अभिषेक बच्चन र ऐश्वर्या रायले सामान्य तस्बिर सार्वजनिक गरेका थिए । ऐश्वर्या ब्लाउज र साडीमा थिईन् । उनकोे सिउँदोमा रातो सिन्दुर थियो । अभिषेकले कुर्ता र पाईजामा ऐश्वर्याको छेउमा उभिएर फोटोका लागि पोज दिएका थिए ।

avashik

चिनियाँ नायक वाङली र उनकी श्रीमति लि वोमेङले आफ्ना प्रसंसकका लािग भन्दै खुल्ला चौरमा बसेर वाईन पीउदै गरेको तस्बिर सार्वजनिक गरेका थिए ।

अहिले अलग भइसकेका नायिका मनिषा कोइराला र सम्राट दाहालले फिन्ल्याण्डमा हनिमुन मनाएका थिए । एक अर्काको हात समाएर चौरमा उभिएको तस्बिर सार्वजनिक भएको थियो । टेलिभिजन स्टार नन्दीस सिन्धु र रश्मी देशाईले क्यानडामा हनिमुन मनाएका थिए ।

जेशिका जेम्स इरिक डेकरले समुन्द्रमा मस्ति गरेको तस्बिरले धेरैको ध्यान तानको थियो । उनिहरुले समुन्द्रमा रमाईलो गरेका केही तस्बिर सार्वजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment