+
+

वायुसेवा निगमको पहिलो एयरबस काठमाडौं आइपुग्यो (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २५ गते १९:१७

Nepal-Airlines-New-plane-Sagarmatha  (8)

२५ माघ, काठमाडौं । नेपाल वायु सेवा निगमले खरिद गरेको पहिलो एयरवस बिमान काठमाण्डौ आइपुगेको छ ।

युरोपेली जहाज उत्पादक कम्पनी एयरबससँग दुईवटा ‘न्यारो बडी’ जहाज खरिद गर्न निगमले गरेको सम्झैताअनुसार पहिलो बिमान आइतबार साँझ त्रिभुवन बिमानस्थलमा अवतरण गरेको हो ।

२७ बर्ष यता अन्तराष्ट्रिय उडानका लागि जहाज खरिद गर्न नसकेको निगमको पहिलो एयरबस काठमाडौं भित्र्याउँदा त्रिभुवन विमानस्थलमा पूजासहित खुशीयाली मनाइयो ।

एयरबसको ए-३२० मोडलको १५८ सिटे बिमानमा १ सय ५० इकोनोमी र ८ विजनेश क्लास सिट छन् । सगरमाथा नाम दिइएको यो बिमानले फागुन १३ गते (फेब्रुअरी २५ तारिख)का दिन नयाँदिल्लीका लागि पहिलो उडान भर्ने निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए ।

Nepal-Airlines-New-plane-Sagarmatha  (13)

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जहाज अवतरण गरेपछि पञ्चेबाजा र पञ्चकन्याले स्वागत गरिएको थियो । जहाजको अगाडिको पाङ्ग्रामा पूजा गरिएको थियो ।

साढे दुई दशकदेखि एउटा पनि जहाज किन्न नसकेको निगमलाई नयाँ जहाज आएपछि नयाँ गन्तव्यमा उडानका लागि सहज हुनेछ ।निगम ब्यबस्थापनले दुईवटा नयाँ बिमानसहित चारवटा ठूला जहाजमार्फत् हप्तामा ५० वटा अन्तराष्ट्रिय उडान गर्ने तालिका बनाइसकेको छ । जसमा दिल्ली, मुम्बई, बैंगलोर, दुवई, दोहा, क्लावालम्पुर, हङकङ, ग्वाङ्झाओ लगायतका गन्तब्यमा उडान गर्ने निमगको तयारी छ ।

यो पनि पढ्नुहोस्- हप्तामा ५० अन्तराष्ट्रिय उडान गर्ने निगमको तयारी

नयाँ जहाजसँगै निगमसँग ठूला जहाजको संख्या चार पुगेको छ । साना जहाज ५ वटा छन् ।

एउटा जहाजको मूल्य ७ अर्ब २० लाख

फ्रान्सको एयरबस कम्पनीसँग नयाँ जहाज किन्न तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारको पालादेखि प्रक्रिया अघि बढेको थियो । त्यसबेला एउटा वाइडबडी र एउटा न्यारो बडी जहाज किन्न भनेर बैनासमेत बुझाइएको थियो ।

तर, कंसाकारसहितको तत्कालीन नेतृत्वमाथि भ्रष्टाचारको अभियोग लागेपछि रोकिएको जहाज खरिद प्रक्रियालाई सरकारले फेरि अघि बढाएको हो ।

वायु सेवा निगम र एयरबसबीच भएको सहमति अनुसार अर्को जहाज एक महिनापछि आउनेछ ।

Nepal-Airlines-New-plane-Sagarmatha  (16)

सन् २००८ मा भएको समझदारी अनुसारको आधारभूत मूल्यमा बढेको मूल्य जोडेर जहाज किनिएको हो । जसअनुसार एउटा जहाजको अंकित मूल्य ७ करोड ५० लाख अमेरिकी डलर अर्थात नेपाली ७ अर्ब २० लाख रुपैयाँ परेको छ ।

कंसाकार भन्छन् – मलाई खुशी लागेको छ

एयरबससँग विमान खरिदका लागि प्रक्रिया सुरु गर्ने वायुसेवा निगमका तत्कालिन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारले ढिलै भए पनि जहाज आएकोमा खुसी व्यक्त गरे ।

कंसाकारले अनलाइनखबरसँग भने-‘सन् २०११ को नेपाल पर्यटन वर्षलाई लक्षित गरेर ल्याउन लागिएको थियो । झण्डै ५ वर्ष ढिला भए पनि जहाज आएको छ । धेरै खुसी लागेको छ ।’

Nepal-Airlines-New-plane-Sagarmatha  (7)

त्यही विमान खरिदको लागि प्रक्रिया थालेको विषयलाई लिएर सुरु भएको विवादका कारण कंसाकारको टीमले नै वायु सेवा निगमबाट हट्नुपर्‍यो । भ्रष्टाचारको मुद्दा लाग्यो । यद्यपि सर्वोच्च अदालतले सफाइ दिएको छ ।

कंसाकर अहिले त्यसलाई कोट्याउन चाहन्नन् । उनले भने-‘त्यो बैग्लै इश्यू हो । व्यवस्थापनमा भएको कमजोरीका कारण त्यस्तो हुन गएको हो ।’

Nepal-Airlines-New-plane-Sagarmatha  (1) Nepal-Airlines-New-plane-Sagarmatha  (2) Nepal-Airlines-New-plane-Sagarmatha  (3) Nepal-Airlines-New-plane-Sagarmatha  (4) Nepal-Airlines-New-plane-Sagarmatha  (5) Nepal-Airlines-New-plane-Sagarmatha  (9) Nepal-Airlines-New-plane-Sagarmatha  (11) Nepal-Airlines-New-plane-Sagarmatha  (12) Nepal-Airlines-New-plane-Sagarmatha  (14) Nepal-Airlines-New-plane-Sagarmatha  (15)

 तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?