+
+
Shares

आन्दोलनले देशलार्इ बर्बाद पार्‍यो : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २६ गते १२:४५

२६ माघ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनले देश बर्बाद भएको भन्दै अब विकासका कुरा गर्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

फाइल फोटो
फाइल फोटो

राणाकालदेखि नै नेपालमा आन्दोलन हुँदै आएको चर्चा गर्दै कोइरालाले आन्दोलनले राजनीतिक स्थीरता नहुँदा नेपाल विकासमा पछि परेको धारणा राखे ।

नेकपा-माओवादीको भगिनी संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीको सोमबार ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले भने-‘आन्दोलनले देश बर्बाद भयो, अब सबैको ध्यान आन्दोलन हैन विकासमा केन्द्रित हुनुपर्छ ।’

आफ्नो माग पूरा गराउनका लागि आन्दोलन गर्छु भन्नेहरुलाई संविधान जारी गर्ने काममा सरकारलाई सघाउन आग्रह गरे । नयाँ संविधान जारी हुने बित्तिकै अन्तराष्ट्रिय लगानी ओइरिने र युवाहरु रोजगारीका लागि विदेश जान नपर्ने कोइरालाले दाबी गरे ।

‘राणाकालदेखि नै मुलुकमा सधैं आन्दोलन मात्र भयो, तसर्थ विकास निर्माणमा कसैको ध्यान गएन र मुलुकमा आज गरिबी, बेरोजगारीलगायत समस्या देखियो,’ प्रधानमन्त्री कोइरालाले भने, ‘२०६२/६३ को जनआन्दोलनले मुलुकमा ठूलो परिवर्तन र उपलब्धि हासिल गरेको छ, यसलाई संस्थागत गर्न सहमतिमा संविधान जारी गर्न आवश्यक छ ।’

सहमतिका आधारमा नै संविधान जारी गर्ने बताउँदै उनले सहमतिका लागि डर, त्रास र धम्कीले नभई सबैले लेनदेनमा आउनुपर्नेमा जोड दिए ।

क्रान्तिकारी महिला संघको तर्फबाट संयोजक अमृता थापाले आफ्ना माग राख्दै प्रधानमन्त्री कोइरालालाई ज्ञापनपत्र बुझाएकी थिइन् । ज्ञापनपत्रमा शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?