+
+
Shares

लाहुरेदेखि द स्याडोज ब्याण्डसँग ‘होस्टेल रिटर्न्स’को सहयात्रा

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २६ गते १२:५६

hostel-returns
आफ्नो प्रचारलाई निरन्तरता दिइरहेको चलचित्र ‘होस्टेल रिटर्न्स’को निर्माण यूनिटले अब सांगीतिक कन्सर्टमा आफ्नो उपस्थिती जनाउने तयारी गरेको छ ।

बिटुएच इभेन्टले फागुन २ गते हेटौडा, ५ गते चितवनको नारायणी नदी किनार र ७ गते बुटवलमा आयोजना गर्न लागेको ‘यात्रा २०१५’ नामक कन्सर्टमा यो चलचित्रले सहकार्य गर्न लागेको हो  ।

यो सांगीतिक कार्यक्रममा चितवनको द स्याडोज ब्याण्ड, लाउरे, रक एन रोल ब्यान्ड, रबिन तामाङको ब्यान्ड सहित विभिन्न कलाकारहरुले प्रस्तुती दिने तयारी गरेका छन् । निर्माता सुनिल रावलले आफ्नो चलचित्र हेर्ने दर्शकले यस्तो कार्यक्रममा सहभागीता जनाउने भएकाले सहकार्य गरेर प्रचार अगाडि बढाउन लागेको बताए ।

अहिले यो चलचित्रको यूनिट कलेज क्याम्पियनमा व्यस्त छ । सुरज भुषालले निर्देशन गरेको चलचित्रमा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, सुधाम सिके, अभय बराल, स्वस्तिमा खड्का लगायतका नयाँ अनुहारहरुको बाहुल्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?